Logo
29 Nov 2023    १३ मंसिर २०८०, बुधबार

ताजा खबर

कोप–२८ मा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै देशका पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सामान्यतया सफा काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च

भारतबाट बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

Reporter

भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ ।

भारतीय आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमलाई पठाएको मूल्यसूचीअनुसार पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढेर आएको निगमका प्रवक्ता मनोज ठाकुरले बताए । उनकाअनुसार पेट्रोलमा करिब सँवा ८ रुपैयाँ, डिजेलमा करिब ७ रुपैयाँ, मट्टितेलमा साढे ७ रुपैयाँ र हवाई इन्धनमा ८ रुपैयाँ बढेर आएको छ । त्यसबाहेक एलपीजी ग्यासको मूल्य भने प्रतिसिलिण्डर एक सय रुपैयाँले घटेर आएको छ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्यलाई स्वाचालित प्रणाली लागू गरेको छ । उक्त स्वाचालित प्रणाली अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य स्वतः बढ्नेछ । निगमले यसअघि नै एलपीजीमा नाफा घाटा नराख्ने व्यवस्था गरेको छ । त्यस्तै, डिजेलमा २ प्रतिशत र पेट्रोलमा २.५ प्रतिशत नाफा राख्ने व्यवस्था गरेको छ । सोहीअनुसार निगमले नाफा कमाउने उनको भनाइ छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको