Logo
18 Nov 2025    ३ मंसिर २०८२, मंगलवार

ताजा खबर

एनपीएल : काठमाडौं गोर्खाज ५ विकेटले विजयी निर्वाचन सम्बन्धी अध्यादेश ल्याउँदै छौँ : प्रधानमन्त्री कार्की बंगलादेशका पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवता विरुद्धको अपराधमा मृत्युदण्ड सजाय सर्वोच्च अदालत आजदेखि पूर्ण रूपमा सञ्चालन सडक डिभिजन कार्यालय काठमाडौंद्धारा वर्षौंदेखि अलपत्र सडकका २५ रुग्ण ठेक्का तोडियो लिटिल आइडलको उपाधि रेबिका र निर्भाणलाई

अभूतपूर्व परिकल्पनामा नमूनाको ग्राजुएसन फेसन शो

admin

गत आइतबार राजधानीको होटल सोल्टी क्राउन प्लाजामा अभूतपूर्व
परिकल्पना’ शीर्षक अन्तर्गत प्रस्तुत भएको फेसन कार्यक्रम शीर्षक
अनुसार अभूतपूर्व नै रह्यो । विशाल र कलात्मक सजावटमा झकिझकाउ
देखिएको ¥याम्प सेटअप माथि ओहोर दोहोर गर्ने मोडलहरुले
पहिरिएका कलात्मक, सृजनात्मक तथा फरक परिवेश र पृथक सोचबाट अभिप्रेरित
पहिरन रुपी परिकल्पनाहरुले दर्शक दीर्घालाई निकै वेरसम्म मन्त्रमुग्ध
बनाइरहन सफल भयो ।

परिकल्पना शीर्षक अन्तर्गतका २१ वटा पहिरनहरुमा विद्यार्थी डिजाइनरहरुको मिहेनत प्रशंसनीय थियो । ८४ जना विद्यार्थी डिजाइनहरुको २१ वटा समूहले प्रस्तुत गरेको भविष्यको परिकल्पना गर्दै
तयार पारिएका पहिरन रुपी आकृतिहरु विज्ञान प्रविधि, जीव जन्तुको म्युटेसन,
अनलाइन गेम्स, मानव र अन्य जीवको म्युटेसन, संगीत, रोबट, स्पेश सीप
आदि प्रभावित थिए । सोही अनुरुप भविष्यको परिकल्पना गरिएका पहिरन रुपी
आकृतिहरुमा पुच्छर, सिब

, पखेटा अदिको समायोजन पनि थियो । कपडा बाहेक
विभिन्न घरायसी तथा व्यवसायिक परिवेशमा प्रयोग हुने विभिन्न सर सामाग्रीको
समायोजन पनि ती पहिरनहरुको विशेषता थियो । नमूना कलेज अफ फेसन टेक्नोलजीमा फेसन डिजाइनिब पढाई अन्तर्गतको तीन वर्षे स्नातक तह पूरा गर्ने क्रममा चौधौं ब्याचका ८४
जना विद्यार्थी डिजाइनहरुको कल्पनाशीलता र सृजनात्मक अभिव्यक्ति
प्रदर्शन गरिएको सो फेसन कार्यक्रमको कोरियोग्राफी एवं निर्देशन
रोजिन शाक्यले गरेका थिए । विद्यार्थी डिजाइनरहरु स्वयंले आयोजना एवं
व्यवस्थापन गरेको सो ग्राजुएसन फेसन शो कार्यक्रमको प्रमोशनका
लागि फोटोशुटमा प्रयोग भएका पहिरनका मोडलहरु सहित नमूना
कलेजका संस्थापक प्रिन्सीपल एवं अग्रणी नेपाली फेसन डिजाइनरका रु
पमा परिचित ज्ञानी शोभा तुलाधरको रनवेमा उपस्थिति संगै अगाडि बढेको
थियो ।
क्रिएटिभ बाहेक कार्यक्रममा अन्य पाँच वटा प्रस्तुति पनि समेटिएका थिए
। जसमा नेपाली साँस्कृतिक विविधता र जातिय पहिचानको चिनारी बोक्ने
पहिरनहरुको फ््युजन शैलीहरु देख्न पाइयो । जस अन्तर्गत लिम्बु
,

तामाब , शेर्पा, थकाली, नेवार, सुनुवार, थारु लगायतका जातिएका झल्किने
पहिरनहरु थिए । जुट, हेम्प, अल्लो, ब्याम्बु जस्ता नेचुुरल फ्याब्रिक
प्रयोग गरिएका पहिरनहरु भने फ्ल्यापर तथा युनिसेक्स शैलीबाट प्रभावित
एवं प्रेरित थिए । चौबीस युवती तथा दश युवा मोडलहरुको उपस्थिति रहेको
सो फेसन कार्यक्रममा ड्रामाटिक ग्ल्याम शीर्षक अन्तर्गत सुन्तला,
प्याजी, पहेंलो, नीलो, सिल्भर जस्ता रंगहरुको प्रधानता रहेको साटन,
नेट सिफन जस्ता फेब्रिकका खेलिएका लब ड्रामाटिक गाउनहरु प्रदर्शन
गरिएका थिए । यसैगरी पप आर्ट अवधारणामा तयार पारिएका रंगी विरंगी
पहिरनहरु पनि कार्यक्रमको आकर्षण रह्यो भने पेस्टल कलरको प्रधानता
रहेको विभिन्न स्लीव्स तथा स्लिट्सको प्रधानता रहेका शुद, लेदर, सिन्थेटिक,
भेल्भेट आदि फ्याब्रिकमा तयार पारिएका पहिरनहरुले पनि ¥याम्पमा
ओहोर दोहोर गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको