Logo
30 Nov 2023    १४ मंसिर २०८०, बिहीबार

ताजा खबर

३१ यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले क्षमा माग्यो अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः केपी शर्मा ओली सेयर बजार चौथो दिन पनि घटेर बन्द महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्छ : आरजु राणा भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिँदैन : गृहमन्त्री श्रेष्ठ जाजरकोट भूकम्प: पालमा बस्दै आएकी बालिकाको मृत्यु

प्रस्तावित ६ जना राजदूतको नाम सर्वसम्मत रुपमा अनुमोदन

Reporter

संघीय संसदको संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि परराष्ट्र सेवाका ६ जना प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले ६ जनाको राजदूतको सुनुवाई गर्दै सर्वसम्मत रुपमा अनुमोदन गरेको हो । सरकारले गत असार २६ गते लोकबहादुर थापालाई न्यूयोर्कस्थित संयुक्त राष्ट्रका लागि स्थानीय नियोग, रामप्रसाद सुवेदी (स्वीट्जरल्याण्ड), सुधीर भट्टराई (फ्रान्स), घनश्याम लम्साल (कुवेत), तेजबहादुर क्षेत्री (संयुक्त अरब इमिरेट्स) र धनबहादुर वली (थाइल्याण्ड)का लागि राजदूतमा नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएको थियो ।

सुनुवाई समितिको कार्यविधि अनुसार योग्यता अनुभवका साथ जिम्मेवारी बहन गर्ने विषयमा प्रस्तावित राजदूतसंग छलफल गरेको र उजुरीहरुमाथि समेत छलफल गरेर अनुमोदन गरिएको समिति सभापति ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

त्यसअघि बैठकमा प्रस्तावित राजदूतहरुले दुई मुलुकबीचको कुटनीतिक सम्बन्धलाई अझै प्रगाढ बनाउन सक्दो प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए । सुनुवाई समितिबाट अनुमोदन भएसगै राष्ट्रपतिले नियुक्त गर्ने बाटो खुलेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको