Logo
29 Nov 2023    १३ मंसिर २०८०, बुधबार

ताजा खबर

कोप–२८ मा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै देशका पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सामान्यतया सफा काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दुर्गा प्रसाईंका स्वकीय सचिव पक्राउ सुनको मूल्य हालसम्मकै उच्च

‘यो तीजमा नजाने माइत’ भन्दै मञ्जु

Reporter

काठमाडौं, साउन १८ । गायिका मञ्जु थापाको तीज गीत ‘यो तीजमा नजाने माइत’ सार्वजनिक भएको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो । विशिष्ठ संगीतकार शम्भुजित बास्कोटाको रचना र संगीत रहेको गीतमा चाद सिंहको एरेञ्ज छ । गम्भीर विष्टको निर्देशन/कोरियोग्राफ रहेकोे गीतको भिडियोमा शर्मिला मल्ल, दीपाश्री निरौला, रेजिना उप्रेती, निता ढुंगाना, मञ्जु थापा, कल्पना थापा, प्रमिला कार्की, गोमा केसी, शिला गजुरेल, मीना लामा राकेश खड्कालगायतको अभिनय छ ।  टिमको मिहिनेतका कारण गीत र भिडियो राम्रो बनेको बताउँदै उहाँले सम्पूर्ण टिमलाई धन्यवाद दिनुभएको थियो । यस्तै, दीपाश्रीले यो गीतमार्फत यस वर्षको तीज आएको जस्तो आभास आफूले पाएको सुनाउनुभयो । तीजको गीत भन्नासाथ आफू फुरुङ भएर नाच्न जाने गरेको समेत बताउनुभयो ।

शम्भुजित बास्कोटासँग करिब आधा दशक चलचित्रमा काम गरेको अनुभवको कारण एकै पटकमा गीत कस्तो छ भन्ने पनि नसोधी फाइनल गरेको रेजिनाले सुनाउनुभयो । टिम राम्रो भएका कारण चलचित्रकै गीत गरेको जस्तो आफूलाई अनुभव भएको उहाँको भनाइ थियो । आफूले एउटा तीजमा एउटामात्रै गीत गर्ने गरेको बताउँदै यो वर्ष पनि भिन्न गीत रोजेको शम्भुजितले बताउनुभयो । उहाँले नजाने भन्दैमा या घरमा बस्दैमा तीजको परम्परा परिवर्तन नहुने भन्दै अर्को वर्ष जाने हरफले अगाडिको लाइनलाई न्याय गरेको सुनाउनुभयो । सो अवसरमा ‘आँखामा राखे पनि नबिझाउने’ भन्दै उहाँले कलाकार निर्मल शर्माको पनि नाम लिनुभएको थियो । यस्तै शर्मिलाले आफूलाई नाच्न अल्छि लाग्ने भए पनि गम्भीरले नचाएको बताउँदै गम्भीरमा ढुंगालाई समेत नचाउने खुबी भएको भन्दै प्रशंसा गर्नुभयो । मञ्जु थापा र कल्पना थापाले निर्माण गरेको भिडियोलाई म्युजिक नेपालले बजारमा ल्याएको हो । प्रकास खरेलको मिक्सिङ, ए बि मुस्कान रेकर्डिङ, सुप्रिम पराजुलीको सम्पादन एवं कलर रहेको गीतको भिडियोलाई दिनेश पराजुलीले छायांकन गर्नुभएको हो । कार्यक्रममा वरिष्ठ गायिका ज्ञानु राणा, वरिष्ठ संगीतकार राजु सिह, समीर राई, दीपक शर्मा ,शान्तिप्रिय, निर्मल शर्मालगायत सञ्चारकर्मीको बाक्लो उपस्थिति थियोे ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको