Logo
16 Nov 2025    १ मंसिर २०८२, आईतवार

ताजा खबर

निर्वाचन आयोगले गर्‍यो प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दल दर्ता आह्वान नृत्य निर्देशक सन्दीप भुजेललाई ‘जिनियस कला सम्मान २०८२’ प्रदान मधेश प्रदेश सभाका ५ जना सांसद पदमुक्त पैतिस उद्योगले तिरे २३ करोड ८७ लाख डेडिकेटेड तथा ट्रंक लाइनको महसुल बक्यौता पोर्चुगलमा कामदार भिसा बन्द पाँच हजार नौ सय सयले बढ्यो सुनको मूल्य, तोलाको साढे २ लाख नाघ्यो

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्ष जेल सजाय

Reporter

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय सुनाइएको छ ।

पाकिस्तानको तेहरिक–ए–इन्साफ पार्टीका अध्यक्ष समेत रहेका खानलाई ट्रयाल कोर्ट (जिल्ला अदालत) ले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको हो ।

आज शनिबार दिउँसो मुद्दाको सुनुवाइ खानका वकिल उपस्थित थिएनन् । त्यसपछि अदालतले आफ्नो फैसला सुनाएको बताइएको छ । फैसलासँगै उनलाई लोहारस्थित घरबाटै पक्राउ गरिएको बीबीसीले जनाएको छ ।

यस सजायसँगै अबण् खानले ५ वर्षका लागि चुनावमा भाग लिन पाउने छैनन् । यो कुरा पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले खुलासा गरेका छन् ।

सन् २०१८ मा पाकिस्तानको प्रधानमन्त्री भएका खान पूर्व क्रिकेटरका रुपमा समेत चर्चित थिए । पछि उनले संसदमा विश्वासको मत प्राप्त गर्न नसक्दा प्रधानमन्त्री पद गुमाएका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको