Logo
01 Dec 2023    १५ मंसिर २०८०, शुक्रबार

ताजा खबर

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह खुलेन विमानका लागि युरोपेली आकाश, प्रतिबन्ध काय​मै नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस सकियो, शुक्रबार फैसला

सुन तस्करी प्रकरण: प्रकरणका नाइकेलाई सरकारले संरक्षण गरेको भन्दै युवा संघको विरोध प्रदर्शन

Reporter

सुन तस्करी प्रकरणमा संलग्नलाई सरकारले नै संरक्षण गरेको भन्दै एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ ।

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट विभिन्न समयमा टनका टन सुन तस्करी हुदाँ पनि राज्यले कुनै कदम नचालेको र तस्करीलाई राज्यले नै संरक्षण गरेको भन्दै युवासंघले काठमाडौंको बानेश्वरमा विरोध प्रदर्शन गरेको हो ।

सुन तस्करी प्रकरणका नाइकेलाई संरक्षण गरेर सरकारले गरिब भरिया र मजदूरलाई मात्रै समातेको भन्दै युवा संघले आपत्ति जनाएको छ । युवा संघले सुन प्रकरणको गहिराईसम्म पुग्नका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग गरेको छ ।

प्रदर्शनमा युवा संघका अध्यक्ष क्षितिज थेवेले दिलिप भुजेललाई समातेर मुल नाइकेलाई छुट दिने काम सह्य नहुने बताए । विभिन्न सामानमा राखेर सुन तस्करी भएको र सरकारमा रहेका व्यक्तिहरुको नै संलग्नता रहेकाले सबैलाई कानूनी कारवाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ छ ।

युवा संघले पशु चौपायामा लागेको लम्पि स्किन रोगको नियन्त्रणमा ध्यान दिन, सहकारी पिडीतको समस्या समाधान गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको