Logo
09 Feb 2025    २७ माघ २०८१, आईतवार

ताजा खबर

महोत्सवस्थलमा आगलागी राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची प्रतिनिधिसभा बैठक बस्दै क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प गायिका सारिका घिमिरेको स्वरमा ‘झुम्के फुली’ (भिडियो) निर्वाचन आयोगद्वारा मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य पुनः सुरु

फेसन डिजाइनिङ संगै इभेन्ट अर्गनाइजरको रुपमा स्थापित हुदै पेजेन्ट नेपालकी सिईओ ममता बस्नेत ।

admin

fashion designer and event organizer Mamata Basnet

विभिन्न फेसन शो तथा राजधानी भित्र र बाहिर हुने सौन्दर्य प्रतियोगिताहरुमा आफ्नु कला / कौशल प्रस्तुत गरी सौन्दर्यकला / फेशन डिजाइन प्रेमी युवा युवतीहरु माझ चिरपरिचित नाम हो ममता बस्नेत। पेजेन्ट नेपालको सिईओ समेत रहनुभएकी ममता बस्नेत विगत केहि समय देखि राजधानीमा रही छोटो समयमा नै बिभिन्न फेशन शो तथा सौन्दर्य प्रतिस्पर्धाहरुमा फेशन डिजाइनिङको लागि पहिलो रोजाईमा पर्दै आउनु भएको छ।

Mamata Basnet,CEO of Pageant Nepal

पेजेन्ट नेपाल मार्फत देश भित्र र अन्तराष्ट्रीय स्तरमा नै विभिन्न सौन्दर्य संग सम्बन्धित कार्यक्रमहरु सन्चालन गर्दै आउनु भएकी फेशन डिजाइनर तथा इभेन्ट अर्गनाइजर ममता बस्नेतले मोडल सङ्ससंग पेजेन्ट नेपाल मार्फत एसोसिएट्सको रुपमा रही दुबईमा मोडल सङ्स अवार्ड सम्पन्न गर्नुभएको छ।

Mamata Basnet,CEO of Pageant Nepal

“नेपाली कला, संस्कृति, स्रष्टा तथा सर्जकको सम्मानमा समर्पित अन्तराष्ट्रीय अवार्ड” भनिएको उक्त अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, भजन, लोकदोहोरी, पप, तीज गीत, फेशनलगायतका विभिन्न २८ विधामा अवार्ड प्रदान गरिएको थियो । नेपालबाट गएका तीन दर्जन भन्दा बढि कलाकारहरुको सहभागितामा बिशेष प्रस्तुती सहित वर्ड दुबई को एभरेष्ट क्लबमा भव्य रुपमा कार्यक्रम सम्पन्न गरिएको उहाले जानकारी गराउनुभयो। दुबईमा सम्पन्न उक्त अवार्ड कार्यक्रम पश्चात उहा अहिले राजधानी भित्रैका विभिन्न इभेन्टहरुको लागि फेसन डिजाइनिङ तथा थाइल्याण्डमा हुने फेशन शो तथा सम्मान कार्यक्रमको तयारीमा व्यस्त रहनुभएको छ।

event organizer Fashion designer model songs award pageant nepal

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको