
काठमाडौं । खेलाडी भनेका देशका गहना हुन उनीहरुको उपलब्धीले समग्र समाज र देशलाई परिचित गराउँदछ ।
हरेक खेलले राष्ट्रिय गौरव बोकेको हुन्छ । सबैभन्दा महंगो र सबैभन्दा कठिन खेलको रुपमा बडिबिल्डिङ्ग खेललाई लिने गरिन्छ । यस खेलको उपाधि जित्नको लागि खेलाडीहरुले गरेको दुःख,त्याग,मेहनत र खर्च हेर्ने हो भने सामान्य मानिसको कल्पना भन्दा धेरै टाढाको कुरा हो ।
सानो संघर्षबाट यो खेलमा नतिजा हासिल गर्न असम्भव छ । नेपाल बडिविल्डिङ्ग संघको आयोजनामा गत असार महिनामा ८ औं मिस्टर हिमालय प्रतियोगिता सम्पन्न भयो । उक्त प्रतियोगिता आयोजना गर्नुको मुख्य उद्देश्य आगामी भदौ महिनामा नेपालमा संचालन हुन गईरहेको यशियन बडिबिल्डिङ्ग प्रतियोगितको लागि खेलाडी छनौट थियो ।
मिस्टर हिमालयबाट नै यशियन खेलको लागि खेलाडी छनौट गर्ने भनेर ब्यापक प्रचार प्रसार भयो । खेलाडीहरुले पनि अत्यन्तै मेहनत र उत्साहको साथ खेलमा सहभागीता जनाएका थिए । सबै खेलप्रेमी तथा खेलाडीहरुले खेलमा सहभागी विजेता खेलाडीहरु मध्येबाट नै यशियन खेलमा देशको प्रतिनिधित्व गर्ने आंकलन गरिएको थियो ।
तर त्यस्तो भएन संघको संचालन तथा नेतृत्व गरिरहेका केही ब्यक्तिहरुको स्वार्थ र पुर्वाग्रहका कारण खेलमा विजेता खेलाडी मात्र नभई आफ्नो नजिकका र चिनेजानेका खेलाडीहरुलाई पुनः छनौट गरि यशियन प्रतियोगितामा सहभागी गराउन बिभिन्न किसिमका प्रपन्च भईरहेको छ ।
आज भन्दा ५/६ महिना अघि म हिमालय गेम नखेली यशियन गेम खेल्छु म तेहि अनुसार तयार गर्छु भनेर आयोजकलाई सोध्दा मिस्टर हिमालय नखेली खेल्न पाईदैन भन्ने जवाफ आयो र मैले तयारीलाई रोके ।
अहिले आएर हिमालय गेम नै नखेलेको आफ्नो आफ्नो मान्छेलाई छनौट गरि यशियन गेम खेलाउन लगेको छन् यसमा मेरो घोर आपत्ती छ,खेलाडी सन्जिब श्रेष्ठले बताए । सीमित ब्यक्तिहरुको मनोमानीले खेलाडीको भबिस्यमा ठुलो खेलबाड भएको छ,यसमा हामी चुपचाप बस्ने छैनौं,सन्जिबले बताए ।