Logo
17 Jul 2025    २ श्रावण २०८२, बिहीबार

ताजा खबर

२०७२ अगाडि विवाह गरेकी छोरीले अंश नपाउने ५० दिनभित्र युक्रेनसँग सम्झौता नगरे रुसलाई सय प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी विपी राजमार्गमा राति यातायात सञ्चालनमा रोक पेट्रोलको मूल्य लिटरमा एकैपटक पाँच रुपैयाँ घट्यो २४ लाख ५० हजार घुससहित भक्तपुरका मालपोत प्रमुख र दुई कर्मचारी पक्राउ पोखरेलले लिए बीमा प्राधिकरण अध्यक्षको शपथ

पाटन दरबार स्क्वायर क्षेत्रका मन्दिरमा बस्न निषेध

Reporter

ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायर क्षेत्रका मन्दिरमा बस्न निषेध गरेको छ।

शनिबारदेखि पाटनका दुई वटा मन्दिरमा बस्न निषेध गरिएको महानगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए।

मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्ने स्थानीयको गुनासोपछि महानगर प्रमुख चिरीबाबु महर्जनको निर्देशनमा मन्दिरमा बस्न रोक लगाइएको हाछेथुले बताए।

‘मन्दिरमा अनैतिक क्रियाकलाप गरेको भन्ने स्थानीयको गुनासो, भिडिओहरू आएपछि मेयरको आदेशमा हामीले आज नो इन्ट्री भन्ने ट्याग राखेका छौं,’ उनले भने, ‘मन्दिरहरूमा बस्ने मात्रै नभएर खेल्ने समेत गरेको हुँदा मूर्तिहरूको बनोट समेत बिग्रिन थालेको गुनासो छ।’

अहिलेलाई दुई वटा मन्दिरमा मात्रै ‘नो इन्ट्री’ को ट्याग हालिएको छ। विश्वनाथ मन्दिर र हरिशंखर मन्दिरमा बस्न निषेध गरिएको हो। त्यस्तै पछि त्यहाँ रहेको कृष्ण मन्दिर लगायत अन्य मन्दिरहरूमा पनि क्रमश: निषेध गरिने उनले बताए।

अहिले मन्दिर परिसरमा अनैतिक गतिविधि हुन थालेको भन्दै महानगर प्रहरी पनि खटिएका छन्। बिहान ७ बजेदेखि बेलुकी ८ बजेसम्मको लागि मन्दिरहरूमा महानगर प्रहरी खटाउन लागेको छ। त्यसबाहेक बेलुकी ११ बजेसम्म मोबाइल प्रहरी खटाइने हाछेथुले बताए।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको