Logo
01 Dec 2023    १५ मंसिर २०८०, शुक्रबार

ताजा खबर

जाजरकोट भूकम्प : अस्थायी आवासको पहिलो किस्ता वितरण सुरु नेपालमा लगानी गर्न यूएईका व्यवसायीलाई प्रधानमन्त्री दाहालको आग्रह सुनको मूल्य घट्यो, कतिमा हुदैँछ कारोबार ? नेपालमा लगानी गर्न युएईका लगानीकर्तासमक्ष अध्यक्ष ढकालको आग्रह खुलेन विमानका लागि युरोपेली आकाश, प्रतिबन्ध काय​मै नक्कली भुटानी शरणार्थी प्रकरणमा बहस सकियो, शुक्रबार फैसला

सय किलो सुन तस्करी प्रकरण मुख्य योजनाकार उम्कने खतरा

Reporter

सय किलो सुन तस्करीका मुख्य योजनाकारहरूलाई जोगाउन सरकारी स्तरमै विभिन्न खाले चलखेल भएपछि नागरिक स्तरमा मुख्य दोषी पत्ता लगाउन उच्चस्तरीय जाँचबुझ आयोग गठनको माग हुन थालेको छ।

सुन तस्करी प्रकरणमा विभिन्न चलखेल हुन थालेपछि यसका मुख्य डिजाइनरहरू उम्कने खतरा बढेको भन्दै नागरिक अगुवा तथा विभिन्न बुद्धिजीवीहरूले जाँचबुझ ऐनअनुसार उच्चस्तरीय न्यायिक आयोग गठन गर्नुपर्ने आवश्यकता औंल्याएका हुन् ।

सरकारले घटनाको दुई सातापछि सो तस्करीको अनुसन्धान गर्ने जिम्मेवारी प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) लाई दिने निर्णय गरे पनि सत्तारुढ दल तथा सरकारका दबाबका कारण सीआईबीलाई पनि मुख्य योजनाकारसम्म पुग्न कठिन देखिएको छ । यसअघि एयरपोर्टको भन्सारबाट पक्राउ गरिएको इलेक्ट्रिक सिगरेट (भेप) भित्र लुकाएर ल्याइएको ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीले माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र उनका छोरा राहुलको संलग्नता भएको प्रतिवेदन तयार पारे पनि सरकारको निर्देशनमा उनीहरूलाई मुद्दा दायर नगरी उन्मुक्ति दिइएको थियो । अन्य केहीलाई भने सोही प्रकरणमा मुद्दा दायर गरिएको छ । त्यसैले सय किलो सुन तस्करी प्रकरणमा पनि सीआईबीले मुख्य योजनाकारलाई मुद्दा दायर नगरी स–साना भरिया, कामदार र एजेन्टलाई मात्रै मुद्दा दायर गर्न सक्ने खतरा देखिएको छ ।

विधिको शासन र कानुनी शासनमा सबैलाई कानुन बराबर लाग्ने भए पनि नेताहरू तस्करीमा संलग्न भएको प्रमाण हुँदादाहुँदै सत्तासीन भएकै आधारमा उन्मुक्ति दिइनुले कानुनी शासनको उपहास गरेको विश्लेषकहरूको जिकिर छ ।

सरकारकै केही निकायको मिलेमतोमा त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाटै पास गराएर बाहिर निकाल्नै लाग्दा सय किलो सुन राजस्व अनुसन्धान विभागको टोलीले साउन २ मा बरामद गरेको थियो । त्यसयता सो प्रकरणमा संलग्न रहेको भन्दै १८ जनालाई पक्राउ गरेर छानबिन जारी राखिएको छ । सो प्रकरणमा पछिल्लोपटक पक्राउ परेका तिब्बती मूलका चिनियाँ नागरिक दावा छिरिङलाई प्रमुख योजनाकार भन्दै प्रचारप्रसार गरिए पनि उनीभन्दा माथि अझै ठुलै समूह सक्रिय रहेको स्रोतको दाबी छ । राजस्व अनुसन्धान विभाग अब छिरिङभन्दा माथिको समूहसम्म पुग्नै नसक्ने देखिएको छ । विभागलाई राजनीतिक दबाब परेकाले उसको अनुसन्धानमा केही दिन यतादेखि केही शिथिलता आएको विभागकै कर्मचारीहरूको बुझाइ छ । विभागले अन्तर्राष्ट्रिय तथा संगठित अपराधमा समेत छानबिन गर्नुपर्ने र त्यसमा आफूहरूको क्षेत्राधिकार नहुने भन्दै सुन तस्करीको छानबिन गर्ने मुख्य जिम्मेवारी सीआईबीलाई दिएको हो । आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको