Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

गायिका सविना श्रेष्ठको ‘छोरी नम्बर वन’ को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

admin

काठमाडौं । गायिका सविना श्रेष्ठको ‘छोरी नम्बर वन’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गम्भिर बिष्टको कोरियोग्रफि र निर्देशनमा तयार भएको म्युजिक भिडियो बुढा सुब्वा डिजिटल मार्फत युट्युबबाट सार्वजनिक भएको छ ।


गीतराजु बाबु श्रेष्ठको शव्द रचना तथा हरि कर्माचार्यले कम्पोज र साहश शाक्यले एरेन्ज गरेका छन् । भिडियोमा अभिनय नायिका निश्मा घिमिरे र सुरेन्द्र बसेलको रहेको छ भने गायिका स्वयं श्रेष्ठ पनि भिडियोमा देखा परेकी छिन । अजय रेग्मिले छायांकन गरेको भिडियोको सम्पादन नविन निरौलाले गरेका छन । भिडियोको निर्माण लोकेन्द्र श्रेष्ठले गरेका हुन ।

नेपाली सांगीतिक क्षेत्रमा उदाउँदो क्रममा रहेकी गायिका श्रेष्ठको यो चौथों गीत हो । गीतसंगीतमा निकै रुचि राख्ने गायिका श्रेष्ठलाई श्रीमानको पनि उत्तिकै सहयोग छ । श्रीमान लोकेन्द्र श्रेष्ठकै प्रेरणाका कारण सांगितिक क्षेत्रमा सक्रिय रुपमा देखा पर्दै गरेकी गायिका श्रेष्ठ भिडियो सार्वजनिक पश्चात दर्शक श्रोताले मन पराउनेमा विश्वस्त छिन ।

भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको