Logo
29 Nov 2023    १३ मंसिर २०८०, बुधबार

ताजा खबर

मेलम्चीको पानी ल्याउन मर्मतमा १५ करोड लाग्ने शंकर घिमिरेको‘तेल भिसा’मा विपिन र वर्षा कोप–२८ मा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जादै देशका पहाडी भूभागमा आंशिक बदली, बाँकी भूभागमा मौसम सामान्यतया सफा काठमाडौंका सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ खान र बिक्री गर्न रोक आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम

उद्योगमन्त्री यादवविरुद्ध अख्तियारको अनुसन्धान सुरु

Reporter

मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री र एक कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।

मन्त्री सुनिता यादव र मन्त्रालयका सहायक वन अधिकृत लालबाबु यादवले शङ्कास्पद रकमान्तर गरेको उजुरीपछि आयोगले अनुसन्धान गर्ने निर्णय गरेको हो । प्रदेशका जिल्लाका लागि रेडबुकमा सार्वजनिक भएको योजनाको रकम नियम विपरीत गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तको अन्त्यतिर मन्त्री यादव र कर्मचारी यादवले कमिसनमा रकमान्तरण गरी अनियमितता गरेको उजुरी दर्ता भएपछि अख्तियारको बर्दिवास कार्यालयले अनुसन्धान अघि बढाउने निर्णय गरेको हो ।अख्तियारको कार्यालयले उक्त उजुरी सम्बन्धमा १५ दिनभित्र छानबिन गरी प्रतिवेदन बुझाउन उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयलाई यही साउन १४ गते पत्राचार गरिसकेको छ । गत आवको रेडबुकमार्फत सार्वजनिक भएको पर्यटनतर्फको कार्यक्रम पर्यटन विकासबाट सञ्चालन गर्ने भनिएको करिब ४२ करोड बराबरको योजना संशोधन गरी मन्त्री यादवले विभिन्न शीर्षकका दुई सय ६३ नयाँ योजनामा कमिसनका आधारमा नियमविपरीत विनियोजन गरी रकमान्तर गराएको आरोप छ ।

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको