Logo
30 Nov 2023    १४ मंसिर २०८०, बिहीबार

ताजा खबर

३१ यात्रु छुटेको विषयमा नेपाल एयरलाइन्सले क्षमा माग्यो अहिले पनि श्री ५ महाराजधिराज लेख्ने असंवैधानिक काम भयोः केपी शर्मा ओली सेयर बजार चौथो दिन पनि घटेर बन्द महिलालाई पार्टीदेखि सबै तहमा ३३ प्रतिशत अधिकार दिनुपर्छ : आरजु राणा भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिलो गरिँदैन : गृहमन्त्री श्रेष्ठ जाजरकोट भूकम्प: पालमा बस्दै आएकी बालिकाको मृत्यु

उपत्यकाका खोलामा जलसतह बढ्दो क्रममा, सावधानी अपनाउन आग्रह

Reporter

जल तथा मौसम विज्ञान विभाग‍ले बागमती नदीसहित उपत्यकामा बग्ने अन्य नदी र खोलाहरूमा जलसतह बढ्दै गएकाले सावधानी अपनाउन अनुरोध गरेकाे छ।

विभागका अनुसार काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा भारी वर्षा भइरहेको छ।

काठमाडौं जिल्लाको बुढानीलकण्ठ, सुन्दरीजल तथा भक्तपुर जिल्लाको नगरकोटसहित आसपासका क्षेत्रमा भारी वर्षा भइरहेकाे हाे।

जसका कारण बागमती नदीसहित उपत्यकामा बग्ने अन्य नदी र खोलाहरुमा जलसतह बढ्दै गएको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार विष्णुमती, धोविखोला र मनोहरा लगायत खोलामा जलसतह बढ्दो छ। केही ठाउँमा जलसतह बढेर सतर्कताको तहमा पुगेको विभागले जनाएको छ।

नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूले बिहान ११ बजेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको