
हे मानव ,
तँ कति क्रूर हुन सक्छस?
अचानो मा खुकुरीले मासु काट्दै गर्दा
आफूलाई सयौँ चोटि छेड्न सक्छस्?
शान्त मा अशान्ति काे उदण्ड मच्चाउने जो कोहि काे
घाँटी चिर्न सक्छस्?
ईच्छाएको वस्तु प्राप्त नहुँदा
(त्यो वस्तु काे खाक/)
त्यसलाई खरानी बनाउन सक्छस्?
अबुझलाई बारम्बार बुझाउँदा नबुझ्दा
नाबी माथि मुसा छोपी रक्तकृढामा पौडिन सक्छस्?
आडम्बर काे खोक्रो शान अपाच्य हुँदा
के तँ शिर निहुराउन सक्छस्?
देशको रगत चुसी चुसी बाँझो बनाउँदा
तातो गोली सहने छाती, फलाम बनाउन सक्छस्?
युद्धमा ! रासायनिक पदार्थ ले मुहार छ्यार व्यार्र हुँदा
तेजाव ले गङ्गा स्नान गर्न सक्छस्?
रणभूमिमा घाइते सैनिक,सहनेको छाती फुट्दा
विजय तिलक काे तेजशिल भावना बुझ्न सक्छस्?
तेरो (बसमा)/काबुमा केही नहुँदा
महाभुत काे सेखी झार्न सक्छस्?
मृत्यु / तेरो निश्चित छ
चित्रगुप्त काे मृत्यु लेख्न सक्छस्?
भन के सक्छस्?
बुझ् –
हे महामानव!
तँ पनि सीमित छस्।।
कल्याण अस्तु!!
– अभिषेक राज सिँह थापा
लोकप्रिय समाचार