Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

के- वान वर्ल्ड किक बक्सिङ च्याम्पेनशिपमा दोस्रो स्थान हासिल गरेका मोहन महर्जन सम्मानित

admin

ललितपुर,  बिगत १८ बर्ष देखी जापानमा रहेर अन्तरास्ट्रिय स्तरका प्रतियोगिता खेल्दै आएका किक बक्सिङ खेलाडी मोहन महर्जन सम्मानित भएका छन् । ललितपुर महानगरपालिका २६ र २७ नम्बर वडाद्वारा संयुक्त रुपमा बुधबार आयोजित एक कार्यक्रम माझ उनी सम्मानित भएका हुन । किक बक्सर महर्जनलाई कार्यक्रमका प्रमुख अतिथी समेत रहेका ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले फुलमाला, खादा र प्रमाणपत्र सहित सम्मानित गरेका छ्न । किक बक्सर च्याम्पैन महर्जनलाई सम्मान गरे लगत्तै मेयर चिरीबाबु महर्जनले कार्यक्रमलाई सम्बोधन गर्दै खेलको माध्यम बाट मोहन महर्जनले अन्तरास्ट्रिय स्तरमा नेपाललाई परिचित गराउदै देशको शिर उच्च पारेको बताए । त्यस्तै, सम्मानित भएका किक बक्सर च्याम्पैन महर्जनले कार्यक्रममा आफ्नो धारणा राख्दै आगामी दिनमा आफुले हासिल गरेको शिप र उपलब्धीलाई नेपालको खेल बिकासमा लगाउने चाहना रहेको बताए । ललितपुर स्थित पाटन पुर्खौली घर भएका मोहन महर्जन सन २०००मा अध्ययनका लागि जापान गएका थिए । जापान पुगे लगत्तै उनी किक बक्सिङ खेलमा समर्पित भएर लागेका थिए । महर्जनले २०१७ मा सम्पन्न विश्व स्तरको के- वान वर्ल्ड किक बक्सिङ च्याम्पेनशिपमा दोस्रो स्थान हासिल गरेका थिए । १८ बर्षको क्यारियरमा उनले ४ पटकसम्म अल जापान ग्लोब कराते च्याम्पेनशिपको उपाधी, एम ए किक बक्सिङ सुपर लाइट क्लास जापान च्याम्पेनशिप लगायतका अन्य महत्वपूर्ण उपाधीहरु जितेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको