Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

निजी विद्यालय सञ्चालकको आन्दोलन स्थगन

Reporter

प्रस्तावित विद्यालय शिक्षासम्बन्धी विधेयकमा असन्तुष्ट निजी क्षेत्रका शैक्षिक संस्थाका सञ्चालकले पूर्वघोषित आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । आफूहरुसँगको परामर्शबिना गुठीमा रुपान्तरणको विषय आएकोमा आन्दोलनको घोषणा भएकोमा सरकारका उच्चपदस्थ पदाधिकारीसँगको मौखिक सहमतिमा उहाँहरुले आन्दोलन फिर्ता लिनुभएको हो ।

उपप्रधानमन्त्री एवं रक्षमन्त्री पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई, नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ड अर्याल, शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटासहितको उपस्थितिमा आफूहरुसँग भएको वार्तामा सो सहमति भएको जनाइएको छ ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुङ्गाना, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोशिएसन (एन प्याब्सन)का अध्यक्ष पाण्डव हमाल, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल, (हिसान) अध्यक्ष रमेश सिलवालले आज संयुक्त विज्ञप्ति जारी गरी विद्यालय बन्दसमेतका आफ्ना विरोधका कार्यक्रम स्थगन गरिएको जनाउनुभएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको