Logo
12 Feb 2025    ३० माघ २०८१, बुधबार

ताजा खबर

‘लभ पर्‍या छ’ मा नायक तेज गिरी (भिडियो) एक महिने स्वस्थानी व्रत आज समापन गरिँदै पूर्वगृहसचिव पाण्डेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार रविलाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन सुनको भाउ १ लाख ७० हजार नाघ्यो नायक श्रीदेवले सुरु गरे पडकास्ट

टेकराज पाण्डेले चुमे सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड

admin

सौन्दर्य प्रतियोगीता ,फेशन शो लगायत थुप्रै म्यूजिक भिडियोमा मेकअप आर्टिष्टको रुपमा चर्चा कमाएका राज मेक स्टुडियोका प्रबन्ध निर्देशक टेकराज पाण्डेले दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट मेकअप आर्टिष्टको अवार्ड जित्न सफल भएका छन । नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजना तथा “पेजेन्ट नेपाल” को एसोसिएट्स र ईनास दुवईको सहकार्यमा युएईको दुबईमा आयोजित कार्यक्रममा उपस्थित हुन नसक्ने अवार्ड विजेताहरुलाई आयोजक संस्था मोडल सङ्गस नेपालले काठमाडौ फेशन विकको कार्यक्रम आयोजना गर्दै उक्त अवार्ड वितरण गरेको थियो ।

माननिय सांसद तथा पूर्व युवा तथा खेलकुद मन्त्री कमला रोकाको प्रमुख आतिथ्य एवं एनआरएनए आयरलैण्डका पूर्व अध्यक्ष तथा सल्लाहकार आयरलैण्डका लागी पर्यटन दुत गणेश प्रसाईको विशेष आतिथ्यमा आयोजित उक्त कार्यक्रममा टेकराज पाण्डेले उक्त अवार्ड प्राप्त गरेका थिए । भारतको दिल्लीमा स्पेशल मेकअप कोर्श पास गरेर राष्ट्र अन्तराष्ट्र क्षेत्रमा चर्चा बटुल्न सफल सौन्दर्य व्यबसायी टेकराज पाण्डेले २०१२ बाट औपचारिक रुपमा राज मेक स्टुडियाको स्थापना गरि हालसम्म सयौको संख्यामा मेकअप आर्टिष्टहरुलाई सफलता पूर्वक अन्तराष्ट्रियस्तरको मेकअप क्लासको सफल तालिम दिईसकेका छन । सौन्दर्य व्यबसायीको रुपमा उत्कृष्ट योगदान दिए बापत विभिन्न संघ संस्थाले थुप्रै सम्मान र अवार्ड प्राप्त गरिसकेका टेकराज पाण्डे एक सफल ईभेन्ट आयोजक पनि हुन ।

मिस एण्ड मिसेज व्यूटिफुल नेपाल, मिस एण्ड मिसेज ग्यालेक्सी,मिस एण्ड मिसेज तिज लगायतका चर्चित पेजेन्टहरु आयोजना गरेर सफल ईभेन्ट निर्देशकको रुपमा पहिचान बनाएका पाण्डे सौन्दर्य प्रतियोगीता मार्फत सयौ प्रतिभाशाली व्यक्तित्वहरुलाई चर्चाको शिखर पुर्याउन सफल भएका छन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको