Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

पूर्व सूचनाले कागबेनीमा जोगियो ठूलो मानवीय क्षति

Reporter

पूर्वसूचना छिटो प्राप्त हुँदा मुस्ताङको कागबेनीमा ठुलो जिउधनको क्षति हुनबाट जोगिएको छ।

आइतबार राति करिब साढे ७ बजे मुस्ताङका प्रमुख जिल्ला अधिकारी अनुप केसीलाई माथिल्लो लेकको जोङगाउँबाट फोन आयो। फोनमा भनिएको थियो, “ठुलो पानी प-यो, यता ठुलो बाढी आएको छ, त्यता सतर्क रहनुहोला।”

मुख जिल्ला अधिकारी केसीले पाएको सूचना तुरुन्तै तल्लो भेगका घरपझोङ गाउँपालिका र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्षलाई दिएर गाउँलेलाई सतर्क रहन भने। बारागुङ गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङले भने, “सिडियो साबले भनेलगत्तै सबै गाउँलेलाई सूचना दियौँ।”

त्यसपछि थालमा भात बोकेर खान बसेकाले घर छाडे, ओछ्यान पसेका उठे अनि बालबच्चा च्यापेर माथि डाँडामा उक्ले। त्यसको लगभग आधा घण्टा नबित्दै बाढीले कागबेनी हान्यो।

त्यसपछि गाउँको टुप्पोमा रहेको पुल र भौतिक संरचना बगाउँदै बाढी गाउँ पसेको गुरुङले बताए । छिटो गर्दा गाउँलेले घरमा भएका पैसा र गरगहना निकाल्न भ्याए। अरू सबै भौतिक तथा पशुधन बाढीले बगायो।

उत्तरतिरको लेकमा शनिबारदेखि वर्षा भइरहेको थियो। मुक्तिनाथ मन्दिरको देब्रे क्षेत्रमा रहेको लेकका जोङ र छेँगुर गाउँबिचबाट बग्ने खोलामा छेउछाउको पहिरो मिसिएपछि भेलले पहिरोको रूप लिएको स्थानीयले बताएका छन्।

त्यो खोला तल आएर कागखोलासँग मिसिएपछि थप ठुलो बाढी बनेर गाउँ पसेको हो। प्रमुख जिल्ला अधिकारी केसीले भने, “पूर्वसूचनालाई बेवास्ता गरेको भए धेरैको ज्यान जान्थ्यो तर धन्न मैले बेलैमा सबैलाई भन्न भ्याएँ र सबैको ज्यान जोगियो।”

बाढीले भौतिक क्षति अत्यधिक भएको प्रजिअ केसीले बताए । लेदो बाढीले भत्किएका र पुरिएका एक सय घरपरिवार त्रासमा छन्। विस्थापितलाई सुरक्षित स्थानमा राखिएको छ।

उनका अनुसार बारागुङका ३५ घर क्षतिग्रस्त छन्। बाढीले होटल, विद्यालयका छात्रावास, गोठ र धर्मशाला गरेर करिब ३५ घरमा क्षति पुगेको छ। क्षति भएको भवन तथा भौतिक संरचना, पशुचौपाया एवं सवारीसाधन हेर्दा एक अर्ब हाराहारीको क्षति भएको हुन सक्ने अनुमान गरिएको छ।

बाढीले गाउँको शिरमा रहेको लोमाथाङ जाने पक्की पुल, तीन वटा काठेपुल र एउटा झोलुङ्गे पुल बगाएको छ। खानेपानीका संरचना र बिजुलीका पोल ढलेपछि विद्युत् अवरुद्ध छ।

उद्धारका लागि प्रयोग हुन सक्ने एक्साभेटर पुरिएको छ। चारपाङ्ग्रेसहितका सवारी पुरिएका छन्। तत्काल गाउँ वारपार गर्न नेपाली सेनाले अस्थायी कच्ची पुल बनाएको छ।

खानेपानी सुचारु गर्न नसकिएको उनले बताए । गाउँपालिका अध्यक्ष रिङजिन नामगेल गुरुङका अनुसार एउटा वडा कार्यालय भवन पनि बगाएको छ। यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको