Logo
30 Sep 2023    १३ आश्विन २०८०, शनिबार

ताजा खबर

गायक टीका मगरको ‘बज्यैको बुलाकी’सार्वजनिक (भिडियो ) पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि,ग्यास सिलिण्डरमै २१५ ले बढ्यो सरकार र आन्दोलनरत चिकित्सकबीच सहमति, आन्दोलन फिर्ता होस्टेलमा झुन्डिएको अवस्थामा मृत भेटिए ८ बर्षिय बालक, विद्यालयमा तोडफोड र आगजनी मुलुकको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको अर्थमन्त्री महतको दाबी समाजवादी महिला संघले गर्यो आफ्ना सांसदहरुलाई सम्मान

‘थाइल्यान्डमा नेपालीहरूको इतिहास’ लोकार्पण

Reporter

करिब सय वर्षभन्दा अघि थाइल्यान्डमा पुगेका नेपाली आप्रवासीको इतिहास र वर्तमान अवस्थाबारे लेखिएको पुस्तक सार्वजनिक गरिएको छ।

थाई नेपाली सङ्घद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा डा. जगमान गुरुङ, सङ्घका अध्यक्ष वाडसना राई, संरक्षक कुमार कार्कीलगायतले ‘थाइल्यान्डमा नेपालीहरूको इतिहास’ नामक पुस्तक लोकार्पण गर्नुभएको हो। नेपाली र अंगे्रजी भाषामा ऐतिहासिक तस्बिरसहित पुस्तक तयार भएको छ।

पुस्तक निकाल्न अनुसन्धान, लेखन तथा सम्पादन गरेका रमेश खड्काले करिब सय वर्षभन्दा पहिले थाइल्यान्ड पुगेर त्यहीँ बसोबास गरेका नेपालीले हालसम्म गरेको सङ्घर्ष र प्रगति अवस्था पुस्तकमा समेटिएको बताउनुभयो।

थाई नेपाली सङ्घका पूर्वअध्यक्ष एवं सङ्घका संरक्षक कुमार कार्कीले थाइल्यान्डका गाउँदेखि सहरमा बसोबास गर्ने नेपालीसँग अन्तर्वार्ता र कूटनीतिक नियोगका पदाधिकारीसँग समेत कुराकानी गरेर तयार पारिएको पुस्तकमार्फत विश्वभरका नेपालीलगायत भावी पुस्तालाई समेत थाइल्यान्डका आप्रवासी नेपालीको कथा सुनाउन चाहेको बताउनुभयो।

प्राध्यापक रामकृष्ण रेग्मीले पुस्तकले विभिन्न समयमा विदेशको भूमिमा पुगेर त्यतै बसोबास गर्दै आएका नेपालीको माटोसँगको सम्बन्धबारे उजागर गरेको बताउनुभयो। उहाँले पुस्तक पढ्दा नेपालको भूमि छोडेर सय वर्षभन्दा बढी भए पनि नेपाली भाषा, संस्कृति, संस्कारसँगको नाता गहिरो बनाउँदै आफू पुगेको ठाउँमै नेपाली मन्दिर, संस्कृतिको प्रवर्धनमा लागेर माटोसँगको सम्बन्धलाई अटुट राखेको बताउनुभयो।

त्यसै गरी डा. दिनेश भट्टराईले थाइल्यान्डमा नेपालीहरूको इतिहास पुस्तक विगतदेखि वर्तमानसम्मको संवाद भएको धारणा व्यक्त गर्नुभयो। पुस्तकमा थाइल्यान्डमा नेपाली आप्रवासनको ऐतिहासिक सन्दर्भ, दोस्रो विश्वयुद्धसँग जोडिएको गोर्खालीको कथा, पिलोकले जोगाएको नेपालीपन, थाइल्यान्ड र नेपालको सम्बन्ध, नेपाली डायस्पोराको विकासलगायतका विविध सन्दर्भ समेटिएका छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको