Logo
20 Apr 2025    ७ बैशाख २०८२, आईतवार

ताजा खबर

राप्रपा अध्यक्ष लिङदेनसहितका नेताहरु प्रहरी नियन्त्रणमा परराष्ट्रमन्त्री आरजु राणा बैंकक प्रस्थान नवौं नेशनल क्यापिटल अवार्ड सम्पन्न, ३० विधामा अनर र ३२ विधामा अवार्ड प्रदान राज लुईटेललाई नवौं नेशनल क्यापिटल अवार्डमा ‘उत्कृष्ट म्यूजिक भिडियो निर्देशक’को अवार्ड सारिका घिमिरेको स्वरमा ‘दुरि अलि बढेकै हो.. थोरै घटाइदेउ’ (भिडियो) शान्तिपूर्ण प्रदर्शन हुन्छ, सरकार डराउनु पर्दैन : अध्यक्ष राजेन्द्र लिङ्देन

रुसमा विमान दुर्घटना हुँदा वागनर समूहका प्रमुखसहित १० जनाको मृत्यु

Reporter

केही समय अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध विद्रोह गरेर पछि सम्झौता गरेका रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिनको विमान दुर्घटनामा निधन भएको छ।

उनीसहित विमानमा सवार सबै १० जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।विमान रुसको तेवेर शहरमा दुर्घटना भएको हो । दुर्घटनापछि विमानमा आगो लागेर पूर्णरुपमा नष्ट भएको छ। विमानमा सवार कोही पनि जिवित फेला नपरेको रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले जनाएको छ।

एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरुको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ। युक्रेन विरुद्ध रुसको तर्फबाट लडाई गरिरहेको यो समूहमा भाडाका सैनिकहरु थिए जो पैसाका लागि लडाई लड्थे। सैन्य प्रमुख सवार विमानलाई कसैले खसाएको वा आफै दुर्घटनमा परेको एकिन नभएको बीबीसीले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको