Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन

रुसमा विमान दुर्घटना हुँदा वागनर समूहका प्रमुखसहित १० जनाको मृत्यु

Reporter

केही समय अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विरुद्ध विद्रोह गरेर पछि सम्झौता गरेका रुसको निजी सैन्य समूह वागनर ग्रुपका प्रमुख येवगेनी प्रिगोजिनको विमान दुर्घटनामा निधन भएको छ।

उनीसहित विमानमा सवार सबै १० जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।विमान रुसको तेवेर शहरमा दुर्घटना भएको हो । दुर्घटनापछि विमानमा आगो लागेर पूर्णरुपमा नष्ट भएको छ। विमानमा सवार कोही पनि जिवित फेला नपरेको रुसको फेडरल ट्रान्सपोर्ट एजेन्सीले जनाएको छ।

एजेन्सीले सार्वजनिक गरेको विमान दुर्घटनामा मृत्यु हुनेहरुको सूचीमा येवगेनी प्रिगोजिन र सहसंस्थापक दमित्री अतकिनको नाम पनि उल्लेख छ। युक्रेन विरुद्ध रुसको तर्फबाट लडाई गरिरहेको यो समूहमा भाडाका सैनिकहरु थिए जो पैसाका लागि लडाई लड्थे। सैन्य प्रमुख सवार विमानलाई कसैले खसाएको वा आफै दुर्घटनमा परेको एकिन नभएको बीबीसीले जनाएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको