Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

वरिष्ठ गायक सीताराम पोखरेल ‘भोकेशनल अवार्ड’द्वारा सम्मानित

Reporter

गायक सीताराम पोखरेल आफ्नो गृहनगर विराटनगरमा सम्मानित हुनुभएको छ । उहाँलाई रोटरी क्लबको ‘भोकेशनल अवार्ड’द्वारा सम्मानित गरिएको हो । विगत तीन दशकभन्दा लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा निरन्तरता दिएकोमा रेडियो नेपाल सञ्चालक समिति सदस्य तथा वरिष्ठ गायक पोखरेललाई विराटनगरमा सम्मान गरिएको हो ।

रोटरी क्लब अफ विराटनगरले आफ्नो ४७औं स्थापना दिवसको उपलक्ष्यमा आयोजित एक समारोहमा गायक पोखरेललाई सम्मान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि डिष्ट्रिक गभर्नर राजेन्द्रप्रसाद धौजु तथा क्लबका अध्यक्ष कमल बस्नेतले संयुक्त रूपमा गायक पोखरेललाई सम्मान गर्नुभएको थियो । उक्त अवसरमा पाँचजना जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरिनुका साथै २०२३/२४ मा निर्वाचित पदाधिकारीलाई शपथ ग्रहणसमेत गराइएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको