Logo
15 Dec 2025    ३० मंसिर २०८२, सोमबार

ताजा खबर

यहूदी पर्व मनाइरहेको भीडमा गोली चल्दा १६ जनाको मृत्यु, ४० घाइते कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै मेलम्ची भ्रष्टाचार मुद्दा : विशेष अदालतको फैसला त्रुटिपूर्ण भन्दै अख्तियार सर्वोच्च अदालतमा पुनरावेदन एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता, भोलि मतदान नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यास लिए इराकमा संयुक्त राष्ट्रसंघको मिसन समापनको घोषणा

गायक सरोज साजन श्रेष्ठको दशैंको अवसर पारेर “रमाइलो फलेवास” म्युजिक भिडियो सार्वजनिक

admin

गायक सरोज साजन श्रेष्ठले दशैंको अवसर पारेर आफ्नो नया गीत बजारमा लिएर आएका छन् । थुप्रै गीत बजारमा लिएर आइसकेका उनले यसपटक भने आफ्नै ठाउँलाई केन्द्रीत गरेर “रमाइलो फलेवास” बोलको गीत बजारमा लिएर आएका छन् । उनको यो गीत रोमान्टिक भर्सनमा तयार गरिएको छ । उनको यस गीतमा उनको आफ्नै शब्द रहेको छ । यस्तै गीतमा कल्याण सिंहको संगीत र साहस शाक्यको संगीत संयोजन रहेको छ । गीत संगै गीतको भिडियो पनि युटुबमा रिलिज गरिएको छ । गीतको भाव संगै मिलाएर गीतको म्युजिक भिडियो तयार गरिएको छ ।

म्युजिक भिडियोमा चक्र पुलामीको कोरियोग्राफी र कन्सेप्टको साथमा बिनोद श्रेष्ठ, फुलु पुन र सरोज साजन श्रेष्ठको अभिनय रहेको छ । बिरन पुनले छायांकन र निर्देशन गरेको गीतको भिडियोलाई धौलागिरी अञ्चलको पर्वत जिल्लामा अवस्थित फलेवास नगरपालिका भित्रका रमणीय दृश्यहरु झल्काईएको छ । फलेवास गायक सरोजन साजन श्रेष्ठको आफ्नै मातृभुमि पनि रहेको छ । यस हिसाबले पनि उनको लागि भने यो गीत निकै बिशेष नै रहेको छ । यस्तौ गीतको भिडियोमा फलेवास भित्र अवस्थित विभिन्न जात जातीका झाकी,जात्रा, संस्कार र परम्परालाई उजागर गरिएको छ । साथै यस गीतमा पर्यटन प्रवर्धन र फलेवासी जीवन शैली, रहनसहनलाई प्रभाव पार्ने दृष्य देख्न सकिन्छ । नेपाली सांगीतिक क्षेत्रमा उनको लामो समय बितिसकेको छ ।

उनले सांगीतिक क्षेत्रमा भने “पापीनी” बोलको गीतबाट पाईला राखेका थिए । त्यस पछि उनले “मायालुको देश”,”पापिनीले छोडेर गै”, “तिमीले फर्किएर नरोउ भनिदिए”, “मन अन्तै साट्यौकि” र “रमाइलो फलेवास” लगाएतका थुप्रै गीत बजारमा ल्याईसकेका छन् ।सांगीतिक बजारमा उनि आफ्नै हिसाबले अगाडी बढिरहेका छन् । गीतमा केहि फरकपन पनि दर्शक श्रोताले भेटेका छन् । आगामी दिन दर्शक श्रोताको लागि अझै राम्रो प्रस्तुति लिएर आउने उनको भनाई रहेको छ ।

हेर्नुस भिडियो :


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको