Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

यासमीन बेगमले एनआरएनएको महिला उपाध्यक्षमा पुनःउम्मेदवारी दिने

Reporter

गैरआवासीय नेपाली संघ (एनआरएनए) को महिला उपाध्यक्षमा यासमीन बेगम सैयदले पुनः उम्मेदवारी दिने भएकी छन् ।
संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औं महाधिवेसनमा उनले पुनः उम्मेदवारी दिने भएकी हुन् । उनी वर्तमान कार्यसमितिमा समेत महिला उपाध्यक्ष हुन ।

संघको आगामी महाधिवेसनमा क्षेत्रीय संयोजक र सहसंयोजक सहित ५ दर्जन पदमा निर्वाचन हुने भएको छ । संघले सो निर्वाचन सम्पन्न गर्न ७ सदस्य निर्वाचन समिति गठन गरेको छ ।

स्याङ्गजा घर भई हाल साऊदी अरब रहेर विभिन्न व्यबसाय गर्दै आईरहनु भएकी बेगमले उपाध्यक्षमा पुन उम्मेदवारी दिने इच्छा ब्यक्त गर्नु भएको छ । लामो समयदेखि सामाजिक क्षेत्रमा सक्रिय बेगमले आफ्नो कार्यकालमा गरेको विभिन्न कामको प्रशंसा हुदै आएको छ । गैर आवासीय नेपाली अभियानमा लामो समयदेखि क्रियाशील रहँदै आउनु भएकी बेगमले संघको आगामी अक्टोवर दोस्रो साता काठमाण्डौंमा हुने ११ औ अन्तराष्ट्रिय महाधिवेशशनमा उपाध्यक्ष पदमा उम्मेदवारी दिने चाहाना राख्नु भएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको