Logo
13 Dec 2025    २८ मंसिर २०८२, शनिबार

ताजा खबर

AIMA–TR प्रक्रियामा देखिएका समस्याबारे NRNA पोर्चुगलको औपचारिक पहल मन्त्रिपरिषद् विस्तार, नवनियुक्त ४ मन्त्रीले लिए शपथ हायात रिजेन्सीले कर्मचारीलाई एक वर्षसम्म न्यूनतम आधारभूत पारिश्रमिक दिने कलाकार दम्पती धुर्मुस–सुन्तलीले अमेरिका पलायनबारे प्रस्ट्याए, छोरीको उपचारका लागि पुगेको स्पष्टिकरण जीप चिप्लेर भिरबाट खस्यो, ३ जनाको मृत्यु सेनामा ३ सय ८८ जनालाई रोजगारी खुल्यो

कतार वारे कायोरामा छलफल

admin

कायरो – इजिप्टले कतारमा जारी सङ्कट समाधानको लागि गल्फ देशहरुका विदेशमन्त्रीहरुको बैठक आह्वान गरेको समाचार छ ।  इजिप्टले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनका विदेशमन्त्रीहरुसँग छलफलको आयोजना गर्ने भएको हो ।

इजिप्टको राजधानी कायरोमा ती विदेशमन्त्रीहरुको बैठक बस्न लागेको छ । इजिप्टले आगामी बुधबार सो बैठकको आह्वान गरेको छ । यस कार्यक्रमको आतिथ्यता इजिप्टले गर्ने भएको इजिप्टेली विदेशमन्त्रीले जानकारी दिएको छ ।

इजिप्टको विदेश मन्त्रालयद्वारा आइतबार साँझ प्रकाशन गरिएको विज्ञप्तिमा सो बैठकमा कतार सङ्टको वर्तमान अवस्था र यसको विकासका अवस्थाका बारेमा छलफल हुने जनाइएको छ ।
आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि यी चार देशले कूटनीतिक सम्बन्ध विच्छेद गरेका छन् । साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँग थप नयाँ शर्त पनि राखेका छन् ।

कतारमाथि उनीहरुले नाकाबन्दी लगाएको करिब महिना दिनपछि यो प्रतिबन्धलाई हटाउनका लागि भन्दै केही प्रस्तावहरु अघि सारेका छन् । उनीहरुले ती प्रस्तावको स्वीकृतिका लागि भन्दै सोमबार ४८ घन्टे चेतावनी पनि दिएका छन् ।

यसअघिका शर्त आगामी ४८ घन्टाभित्र पूरा गर्ने भएमा मात्र कतारसँग वार्ता गरी शान्तिपूर्ण समाधान निकाल्ने बताएका उनीहरुले ती शर्त कतारले पूरा नगरेमा के गर्ने भन्ने बारेमा सो बैठकमा रणनीति बनाउने बुझिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको