Logo
06 Dec 2025    २१ मंसिर २०८२, शनिबार

ताजा खबर

नारायणगढ–बुटवल सडक विस्तार तीव्र, भौतिक प्रगति ७६ प्रतिशत फुलाराको शब्द र बजगाईंको संगीतमा रहेको ‘पुतली’ बोलको गीतलाई ३ करोड दर्शकको माया करदाताको ‘फुल अडिट’ अहिले पनि निरन्तर : आन्तरिक राजस्व विभाग इन्फ्लुएन्जा (फ्लू) को जोखिम बढ्दै, सतर्क रहन स्वास्थ्य मन्त्रालयको आग्रह लामो दूरीका बस तोकिएको बसपार्कबाट मात्र छुट्नुपर्ने व्यवस्था लागू मधेशका मुख्यमन्त्री यादवले गरे राजीनामा घोषणा

शिव पगेंनी दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट छायांकारको अवार्ड जित्न सफल

admin

नेपाल टेलिभिजनका क्यामरापर्सन शिव पगेंनीले दुवईमा सम्पन्न मोडल सङ्गस अवार्डको सर्वोत्कृष्ट छायांकारको अवार्ड जित्न सफल भएका छन । नेपालमा सफल सौन्दर्य प्रतियोगिता तथा विभिन्न फेशन शो हरु आयोजना गरेर चर्चा कमाएको “मोडल सङ्गस नेपाल” को आयोजना तथा “पेजेन्ट नेपाल” को एसोसिएट्स र ईनास दुवईको सहकार्यमा युएईको दुबईमा आयोजित कार्यक्रममा उपस्थित हुन नसक्ने अवार्ड विजेताहरुलाई आयोजक संस्था मोडल सङ्गस नेपालले काठमाडौ फेशन विकको कार्यक्रम आयोजना गर्दै उक्त अवार्ड वितरण गरेको थियो ।

माननिय सांसद तथा पूर्व युवा तथा खेलकुद मन्त्री कमला रोकाको प्रमुख आतिथ्य एवं एनआरएनए आयरलैण्डका पूर्व अध्यक्ष तथा सल्लाहकार आयरलैण्डका लागी पर्यटन दुत गणेश प्रसाईको विशेष आतिथ्यमा आयोजित उक्त कार्यक्रममा शिव पंगेनीले उक्त अवार्ड प्राप्त गरेका थिए ।

२ दशकभन्दा लामो समयदेखि क्यामरापर्सनको रुपमा थुपै्र म्यूजिक भिडियो डकुमेन्ट्री लगायत टेलिश्रृंखलाहरुको छायांकन गरेर सफल क्यामरापर्सनको रुपमा ख्याती कमाईसकेका पंगेनीले सफल छायांकारको रुपमा उत्कृष्ट योगदान दिए बापत हेम सुनील जोखीमपूर्ण पत्रकारिकता सम्मान लगायत विभिन्न संघ संस्थाले थुप्रै सम्मान र अवार्ड प्राप्त गरिसकेका पंगेनी एक सफल खेलाडी सफल डान्सर समेत हुन ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको