Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

ठाकुर ढुङ्गानाद्वारा एनआरएनएको कोषाध्यक्षमा उम्मेदवारी घोषणा

Reporter

पर्यटन व्यबसायी ठाकुरप्रसाद ढुंगानाले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति (एनआरएनए आईसीसी) को २०२३-२०२५ कार्यकालको लागी कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । आगामी अक्टोबरमा हुन गईरहेको एनआरएनए आईसीसीको ११ औं महाधिबेशनका लागि ढुंगानाले कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

एनआरएनए एनसीसी युएईका अध्यक्ष रहेका ढुंगानाले एनआरएनए यूएईको अधिबेशन सफलतापुर्वक सम्पन्न गरि आफुले एनआरएनए अभियानमा गरेका काम र अनुभवलाई थप उचाईमा पु¥याउनका लागि कोषाध्यक्ष पदमा जाने निर्णयमा पुगेको बताए ।

कोरोना महामारीका बेला विशेष गरि खाडी मुलुकहरुका श्रमिकहरुसँग नजिक रहेर काम गरेका ढुंगानाले आफ्नो सक्रियता देखाइसकेका छन् । दुई कार्यकाल आइसीसी सदस्य भएर एनआरएनए अभियानमा निखारिएका समाजसेवी समेत रहेका ढुंगाना लोकप्रिय छन् ।

एनआरएनएको मर्म र विधिविधान अनुसार आफ्नो जिम्मेवारी पुरा गर्न प्रतिवद्ध रहेको जानकारी दिदै ढुंगानाले एनआरएनएमा आर्थिक पारदर्शिता, आर्थिक आत्मनिर्भरता, सदस्यता शुल्कमा न्युनिकरण र श्रमिकमैत्री कार्यक्रमलाई प्रमुख प्राथमिकता राख्ने जनाएका छन् ।

 

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको