Logo
29 Apr 2025    १६ बैशाख २०८२, मंगलवार

ताजा खबर

“मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल हायर पर्चेज कम्पनीबाट गाडी लिन ४०% डाउनपेमेन्ट अनिवार्य शिवन पोखरेलको निर्देशनमा “झोले” (भिडियो)

बलात्कार आरोपमा सिरहाबाट ४ जना पक्राउ

admin

बलात्कार आरोपमा सिरहाको बरियापट्टीबाट ४ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय वरियापट्टी सिरहाले १६ वर्षीया किशोरी बलात्कार आरोपमा आइतबार राति उनीहरुलाई पक्रेको हो ।

इलाका प्रहरी कार्यालय, वरियापट्टीले १६ वर्षीया किशोरी वरियापट्टीमा बलात्कृत भएको उजुरीपछि ४ जना समातिएको जानकारी दिएको छ । होटलमा काम गर्दै आइरहेकी किशोरीमाथि आइतबार राति १० बजे बलात्कार भएको बताइएको छ ।

पक्राउ पर्नेमा काशीनाथ सिंह, मुकेश सहनी, उगन सहनी र विजयकुमार यादव छन् । चारै जना भारत बिहारका हुन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, सिरहामा लगेर थप अनुसन्धान भइरहेको वरियापट्टी इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको