Logo
18 Jul 2024    ३ श्रावण २०८१, बिहीबार

ताजा खबर

अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन बंगलादेशमा रहेका विद्यार्थीलाई आग्रह गृहमन्त्रालयको अध्ययन कार्यदलको टोली घटनास्थल सिमलतालमा अन्तर्राष्ट्रिय सांस्कृतिक महोत्सवमा मिनिल्यान्ड सहभागी राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण महान्यायाधिवक्ता पोखरेलको राजीनामा राष्ट्रपतिद्वारा स्वीकृत उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको भेटवार्ता

तिमी–तिमी जस्तै हुनू :युवराज अधिकारी

Reporter

‘तिमी तिमीजस्तै हुनू ‘

तिमी तिमीजस्तै हुनू
म नि आफूजस्तै हुन्छु

यात्रा हो जीवन साथी
हिँड्दा कहिल्यै नहराउनू
हार्दा कहिल्यै नडराउनू
नभए नि सपना देखाउँछ

हेर त
पाइला शिखरमा पनि हराउँछ
हो, तिमी तिमीजस्तै हुनू
म नि आफूजस्तै हुन्छु
आदर्शमा बहकिएर
ऊ जस्तै हुन नखोज्नू
तर मर्म, कर्म र धर्म राख्नू
असफलताका मोडहरुमा
सफलताको बिज खोज्नु
जिन्दगी आफ्नै हो
आफैँ भएर बाँच्नू

हो, हाँस्दा सँगै हाँसिदेलान्
साथ सम्झेर ढुक्क नहुनु
आँसु पुछ्दै आँखा खोल्दा
एक्लो पाएर विचलित नहुनू
जिन्दगी अलिकति भाग्य र
धेरै कर्मको संयोग ठान्नू
एउटै बतास र एउटै आकाश भए पनि
श्वास आफ्नो–आफ्नै ठान्नू
ईश्वर एउटै भए पनि
संस्कार आफ्नो–आफ्नै मान्नू
साथी तिमी तिमीजस्तै हुनू
म नि आफूजस्तै हुन्छु
युद्धको मैदानमा उत्रिएपछि
साहस र कर्तव्यलाई जान्नू
कहिले हुरी, कहिले बतास
घाम–पानीको जिन्दगी ठान्नू
र पनि साथी
एक जुनी न हो जिन्दगी
तिमी तिमीजस्तै हुनू
म नि आफूजस्तै हुन्छु

हो साथी
जे गरे नि
तिमी तिमीजस्तै हुनू ।
तिमी–तिमीजस्तै हुनू ।।

-युवराज अधिकारी,वरिष्ठ गीतकार तथा कवि


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको