Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

Reporter

एसिया कपअन्तर्गत आज भारत र पाकिस्तान भिड्दैछन्।

भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो ३:१५ बजे श्रीलंकाको क्याण्डीमा शुरु हुनेछ।

एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि भारतले त्यहाँ गएर खेल्न अस्वीकार गरेपछि श्रीलंकामा खेल हुन लागेको हो। भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ।

इंग्ल्याल्याण्डमा सन् २०१९ एक दिवसीय विश्वकप खेलेपछि भारत-पाकिस्तान पहिलो पटक एक दिवसीय खेलमा भिड्न लागेका हुन्।

गत वर्षको टी-२० एसिया कपमा भारत र पाकिस्तान दुई पटक भिडेका थिए। पहिलो खेलमा भारतले पाँच विकेटको जित निकाल्दा पाकिस्तानले सुपर फोरको खेलमा भारतलाई पाँच विकेटले नै हराएको थियो।

अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपालले गरी ६ देश सहभागी छन्।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको