Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

सूचना अटेर गर्नेलाई काठमाडौं महानगरले कारवाही गर्ने

Reporter

काठमाडौं महानगरपालिकाले भदौ १५ दिइएको सार्वजनिक बिदामा केही विद्यालय सञ्चालन गरिएको भन्दै कारवाही गर्ने भएको छ । महागरले शुक्रवार विज्ञप्ति जारी गर्दै सूचना उल्लंघन गर्दै बिदा नदिइएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ ।

विज्ञप्तिमा स्थानीय सरकारले गरेको निर्णय पालना नगरेमा प्रचलित कानूनबमोजिम कारवाही हुने समेत उल्लेख छ । ‘स्थानीय सरकारले गरेको निर्णय अनिवार्य रूपमा पालना गर्न सबैमा अनुरोध गर्दै यो सूचना विपरीत गरेमा प्रचलित कानूनबमोजिम कारबाही हुने व्यहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।

महानगरले शुक्रवार सार्वजनिक बिदा दिएको थियो । तर, बिदामा पनि केही विद्यालयहरू खुलेका थिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको