Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

नेपालले भुटानलाई ३ विकेटले जित्यो

Reporter

आइसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा भुटानविरुद्ध नेपाल ३ विकेटले विजयी भएको छ । भुटानले दिएको ४० रनको लक्ष्य नेपालले १३.२ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक अविजित १२ रन बनाइन् । नेपालका अन्य कुनै पनि खेलाडीले दोहोरो अंकमा स्कोर गर्न सकेनन् । तैपनि भुटानले दिएको झिनो लक्ष्य भेट्टाउन यति नै पर्याप्त थियो ।

नेपालका लागि कविता जोशीले ९ रन, सीता राना मगरले ८, पूजा महतोले ३ रन बनाए । भुटानका लागि अन्जुली घलेले ३, छिरिङ जाङमोले २, अन्जु गुरुङ र सोनमले १-१ विकेट लिए ।

पहिले ब्याटिङ गरेको भुटानले पूरै २० ओभर खेल्दै ८ विकेटको क्षतिमा ३९ रन बनाएको थियो । भुटानका लागि दिचेन वाङ्मोले सर्वाधिक २१ रन जोडिन् । अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालका लागि पूजा महतोले ३ विकेट, कविता कुँवर, रुविना क्षेत्री र खुसी डंगोलले १-१ विकेट लिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको