Logo
30 Apr 2025    १७ बैशाख २०८२, बुधबार

ताजा खबर

आज अक्षय तृतीया, सातु र सर्वत दान गरेर मनाइँदै छात्रवृत्ति विवरण पेस गर्न विद्यालयहरूलाई काठमाडौं महानगरको अनुरोध “मिसेस नेपाल अस्ट्रेलिया” हुदै ,आवेदन फारम खुल्ला वैशाख १९ मा राष्ट्रपति पौडेलले संयुक्त सदन बैठकलाई सम्बोधन गर्ने १८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित नेपालमा मानवअधिकार कार्यान्वयनको अवस्था चिन्ताजनक : एम्नेस्टी इन्टरनेसनल

जाकार्ताबाट पङ्गकल पिनाङका लागि उडेको लायन एयरको बोइङ सम्पर्कविहीन

admin

इन्डोनेसियाको जाकार्ताबाट उडेको लायन एयरको बोइङ सम्पर्कविहीन भएको छ । एकदमै नयाँ बोइङ ७३७ म्याक्स ८ जहाज जाकार्ता अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटपछि नै राडारको सम्पर्कबाट विच्छेद भएको थियो ।
फ्लाइट नम्बर जेटी-६१० जहाज जाकार्ताबाट पङ्गकल पिनाङका लागि उडेको थियो । तर उडेको केही मिनेटमै जहाज सम्पर्कविहीन भएको थियो । समुद्र पार गरिरहेको बेला पश्चिम जाभा प्रान्तको कारावाङबाट जहाज सम्पर्कविहीन भएको राष्ट्रिय खोज तथा उद्धार केन्द्रका प्रवक्ता युसुफ लतिफले बताएका छन् । अहिले खोजी तथा उद्धार कार्य जारी छ । जहाजमा कति यात्रु थिए भन्ने खुलिसकेको छैन तर उक्त जहाजको क्षमता २१० यात्रुको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको