Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

बागमती प्रदेशका तीन जिल्लामा २२ गते सार्वजनिक विदा

Reporter

बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायको वाहुल्यता रहेका मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा कृष्णकुमारी बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताए।

बैठकले तीन वटा मन्त्रालयको संगठन संरचना र दरबन्दी तेरिजसहितको संक्षिप्त संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ ।

त्यस्तै, प्रदेश विपद् व्यवस्थापन कोष परिचालन कार्यविधि २०८० स्वीकृत गर्ने, ग्रामीण सडक सञ्जाल सुधार आयोजना-सञ्चालनका लागि म्याचिङ्ग फण्डको सुनिश्चितता गरि नेपाल सरकार, एशियाली बिकास बैंक र मन्त्रालयबीच आयोजना सम्झौता गर्न भौतिक पूर्वाधार विकास मन्त्रालयलाई अख्तियारी दिने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको