Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सांसद बाबुलाई हत्या अभियोग, मेयर छोराविरुद्ध भ्रष्टाचार मुद्दा

Reporter

एक साता अवधिमा सांसद र मेयर बाउ–छोरा निलम्बनमा परेका छन् । सप्तरी ४ (१) बाट निर्वाचित प्रदेश सभासद् अनिरुद्धसिंह यादव र उनका छोरा सप्तरीकै बोदेबर्साइन नगरपालिकाका मेयर आतेशकुमारसिंह यादव निलम्बनमा परेका हुन्।

बाउमाथि हत्या अभियोगमा छानबिन हुँदै छ भने छोरालाई भ्रष्टाचार अभियोगमा मुद्दा चलेको छ ।

प्रदेश सभा कार्यसञ्चालन नियमावलीको २१० (४) अनुसार कुनै प्रदेश सभा सदस्यमाथि प्रचलित कानुनबमोजिम तीन वर्ष वा सोभन्दा बढी कैदको सजाय हुने वा नैतिक पतन देखिने फौजदारी मुद्दामा अभियोग पत्र दायर भई पुर्पक्षका लागि थुनामा पठाइएमा थुना अवधिभर निलम्बन रहन्छ । सोही व्यवस्थाअनुसार अनिरुद्ध निलम्बनमा परेका हुन्।

सोमबार पक्राउ परेका सांसद अनिरुद्धलाई मंगलबार जिल्ला अदालत सप्तरीमा उपस्थित गराइएको थियो । उनलाई न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो । रिताकुमारी चौधरीको जाहेरीले नेपाल सरकार भएको कर्तव्य ज्यान र डाँका मुद्दाका फरार प्रतिवादी अनिरुद्ध घटना भएको १६ वर्षपछि पक्राउ परेका थिए ।

जिल्ला अदालतले अनिरुद्धको हकमा मुद्दा मुल्तबीमा राखिदिने फैसला गरेकामा अब उनलाई प्रहरीले पक्राउ गरेपछि मुद्दाको अनुसन्धान सुरु हुने भएको हो । ०६४ असारमा सप्तरीका एक पुरुषको हत्या घटनामा मुछिएका उनीविरुद्ध किटानी जाहेरी परेपछि फरार थिए । पछि राजनीतिमा सक्रिय भएर उनी गत निर्वाचनमा प्रदेश सभा सदस्यमा विजयी भए ।

अनिरुद्ध पक्राउ परेपछि प्रदेश सभा सचिवालयले सोमबार नै सूचनामार्फत जानकारी गराइसकेको छ ।  समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको