Logo
10 Dec 2024    २५ मंसिर २०८१, मंगलवार

ताजा खबर

मानव बेचबिखनका फरार अभियुक्तलाई युएईबाट पक्राउ गरी काठमाडौं ल्याइयो प्रतिनिधि सभासँग राष्ट्रिय सभा १३ गोलले पराजित चोभारस्थित कबाडी संकलन केन्द्रमा आगलागी राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता सम्पन्न, ९ विद्यार्थी ग्लोबल कम्पिटिसनका लागि छनोट सुनको मूल्य तोलामा २१ सय रूपैयाँले बढ्यो गायक रवि सुवेदी र स्वेच्छा ठकुरीको स्वरमा ‘पग्लियो यो मन’(भिडियो)

पुटिनको स्वस्थ राज

admin

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन मानिसहरुबिच आफ्नो फिटनेस र कडा छवीका लागि परिचित छन् । साधारणतया राती चाँडै सुत्ने र बिहान चाँडै उठ्ने मानिसहरु स्वस्थ हुने बताइन्छ तर पुटिन ठिक विपरित छन् । उनलाई निकै अबेर रातीसम्म काम गर्न मनपर्छ । उनी आफ्ना धेरैजसो काम राती नै गर्ने गर्दछन् । गुप्तचर एजेन्सी केजीबीका पूर्व गुप्तचर बिहान निकै ढिला उठ्ने गर्दछन् ।

अबेर रातीसम्म काम गर्छन्, निकै ढिला उठ्छन् पुटिनः

न्यूजवीकका बेन जूडाले तीन वर्षको कडा मेहनत र अनुसन्धानपछि पुटिनको रुटिनको प्रोफाइल तयार गरेका थिए । जूडाले आफ्नो एक किताब ‘फ्रजाइल एम्पायरः हाउ रसिया फेल इन एण्ड आउट अफ लभ विद भ्लादिमिर पुटिन’ का लागि तीन वर्षसम्म अनुसन्धान गरे । यसमा पुटिनको दिनचर्याबारे बताइएको थियो । ढिला उठ्ने भएकाले पुटिन दिउँसोमात्र आफ्नो नास्ता खान्छन् । न्यूजविकका अनुसार नास्तामा उनी एउटा ठूलो अमलेट वा ओटमिल खाने गर्दछन् । साथै, उनी नास्तामा गुजको अण्डा र पनिर पनि खान्छन् ।

विशेष स्थानबाट आउँछ पुटिनको खानेकुराः

‘द न्यू जारः द राइज एण्ड रेन अफ भ्लादिमिर पुटिन’ का लेखक स्टिवन लि मेयर्सका अनुसार राष्ट्रपति पुटिन ‘बिटरुट र हर्सर्याडिस’ (एक प्रकारको कन्दमूल) ले बनेको जूस पनि पिउँछन् । उनको नास्ता पुटिनका राजनीतिक सहयोगीको मद्दतले तयार हुने गर्दछ । न्यूजविकको भनाई अनुसार पुटिनको खानामा प्रयोग हुने समग्री नियमित रुपमा पेट्रिआर्क किरिलको खेतबाट मगाइन्छ । किरिल रुसका चर्चित धार्मिक नेता हुन् ।

फिटनेसका लागि यसरी व्यायाम गर्छन् पुटिनः

खाना खाएपछि पुटिन करिब दुई घण्टा स्विमिङ गर्छन् । स्विमिङ गरेपछि उनी वेटलिफ्टिङ गर्छन् । गार्जियन पत्रिकाका अनुसार मानिसहरुबिच आफ्नो छवी स्थापित गर्न उनी फिटनेसमा निकै ध्यान दिने गर्दछन् । मेयर्स भन्छन्, ‘यस्तो लाग्छ कि पुटिनको कुकुर कोनी उनको सबैभन्दा नजिक छन् । जब पुटिन स्विमिङ गर्छन् तब कोनी स्विमिङ पूलको किनारामा बसेर उनको प्रतिक्षा गरिरहेको हुन्छ ।’ पुटिन खाने काम र व्यायाम गरुञ्जेल दिउँसो भइसकेको हुन्छ । त्यसपछि मात्र उनी आफ्नो आधिकारिक काम सुरु गर्छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको