Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

सन्दीप लामिछानेको मुद्दामा अभिलेख झिकाउने आदेश

Reporter

जिल्ला अदालत काठमाडौँले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा गौशाला–२६ को बसाइँसराइ तथा जन्मदर्ता सम्बन्धी थप अभिलेख झिकाउने आदेश गरेको छ ।

न्यायाधीश सकुन्तला कार्कीको इजसालमा आज भएको सुनुवाइपछि थप केही कागजातको अभिलेख झिकाउने आदेश भएको अदालतका श्रेस्तेदार कौशलेश्वार ज्ञवालीले जानकारी दिए ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौँले सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो भने उच्च अदालत पाटनले रू २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले लामिछानेलाई विदेशमा हुने प्रतियोगितामा भाग लिन जान पाउने आदेश गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको