Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

पोर्चुगलले हरायो स्लोभाकियालाई

Reporter

युरोकप छनौटमा पोर्चुगलले लगातार पाँचौ खेल जितेको छ । गएराती सम्पन्न खेलमा पोर्चुगलले स्लोभाकियालाई १-० गोल अन्तरले पराजित गरेको थियो ।

पोर्चुगलको जितमा खेलको ४३औं मिनेटमा ब्रुनो फर्नानडेजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यस खेलमा क्रिस्टियानो रोनाल्डोले पहेलो कार्ड पाएका थिए । उनले यसअघि आइसल्याण्डविरुद्धको खेलमा पनि पहेलो कार्ड पाएका थिए । लगातार दुई खेलमा पहेलो कार्ड पाएका रोनाल्डोले अर्को खेल गुमाउने भएका छन् । रोनाल्डोले सेप्टेम्बर १२ मा हुने लक्जेम्बर्गविरुद्धको खेल गुमाउने भएका हुन् ।

यो जितपछि पोर्चुगलको समुह जे मा ५ खेलमा १५ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ ।

त्यसैगरी स्लोभाकियाको भने ६ खेलमा १० अंक रहेको छ र समुहमा दोस्रो स्थानमा छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको