Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

ट्रकमा बस ठोक्किँदा चालकसहित सातजनाको मृत्यु, ३० घाइते

Reporter

बाँकेको राप्तीसोनारी गाउँपालिका–८ शमशेरगञ्जमा रोकिराखेको ट्रकमा बस ठोक्किँदा सातजनाको मृत्यु भएको छ। ३० जना घाइते भएका छन् ।

दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगञ्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार बेलुकी करिब ९ बजे ठोक्किएको हो ।

बिग्रिएर सडक छेउमा राखिएको सो ट्रकसँग बस ठोक्किँदा बसका चालक जुकबहादुर चन्दसहित सात जनाको जनाको मृत्यु भएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए। यस्तै बसमा सवार ठाकुरबाबा–९ का काशिराम थारु, कस्तुरी थापा, रुपा परियार, जयन्ती थारुको पनि मृत्यु भएको छ।

यस्तै सोही नगरपालिका–७ का ६५ वर्षीय साधुराम थारुको पनि ज्यान गएको छ।

प्रहरीका अनुसार नाम नखुलेका अन्दाजी ३५ वर्षीय सहचालकको पनि मृत्यु भएको छ। घाइतेको उपचार कोहलपुरस्थित अस्पतालमा भइरहेको छ।

डीएसपी डाँगीले बसमा ४१ जना सवार रहेको बताए। बेतनी सामुदायिक वन उपभोक्ता समिति ठाकुरद्वाराकाउनीहरू दाङबाट बर्दिया जाँदै गरेका थिए।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको