Logo
16 Dec 2025    १ पुष २०८२, मंगलवार

ताजा खबर

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा हिउँदे बालीका लागि रासायनिक मलको अभाव नहुने राष्ट्रपतिका राजनीतिक विज्ञ सुनील थापाले दिए राजीनामा अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च एमालेमा आगामी नेतृत्व चयनका लागि आज मतदान, ओली-ईश्वर प्यानलबीच प्रतिस्पर्धा देश विकासका लागि नवीन सोच र चरित्रवान नेतृत्व आवश्यक : राष्ट्रपति पौडेल

राज मेकअप स्टुडियोको आयोजनामा “राष्‍ट्रिय नारी सम्मान”

Reporter

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड तिजको अवसरमा राज मेक अप स्टुडियोले “राष्‍ट्रिय नारी सम्मान” कार्यक्रमको आयोजना  गरेको छ ।

सौन्दर्य क्षेत्रमा लामो समयको अनुभव बटुलेको राज मेकअप स्टुडियोको आयोजना तथा दक्ष ईन्टरनेशनलको सहकार्यमा तिनकुनेस्थित रोयल बैंक्वेटमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधि सभाका उपसभामुख ईन्दिरा रानाले लामो समयदेखि आ- आफ्नो क्षेत्रमा योगदान दिने र लोकप्रियता हासिल गरेका सफल महिलाहरुलाई सम्मान प्रदान गर्नुभएको थियो ।

विगत एक दशक भन्दा लामो समयदेखि सौन्दर्य कला क्षेत्रमा आवद्ध रहि राज मेकअप स्टुडियोका प्रमुख समेत रहेका टेकराज पाण्डेको व्यबस्थापनमा आयोजित कार्यक्रममा सम्मानित हुनेमा खेलाडी तथा मोडल नन्दा बस्याल,समाजसेवी निलम शर्मा,मेकअप आर्टिष्ट रिता दुलाल,गायिका सरिता भारती,मोडल मन्जु थापा, सौन्दर्यकर्मी मन्जिला सुवेदी,सौन्दर्यकर्मी माया बुढाथोकी,नेल आर्टिष्ट लिना सुवेदी,कस्मेटोलोजी मन्दिरा खड्का हायु, समाजसेवी तारा कार्की, सौन्दर्यकर्मी टीका पुन गुरुङ,सौन्दर्यकर्मी सुनिता लिम्बु सौन्दर्यकर्मी उर्मिला पन्त,सौन्दर्यकर्मी विद्या श्रेष्ठ,सौन्दर्यकर्मी विष्णु कुमारी दोरङो, गायिका गायत्री थापा, मोडल प्रमिला सिलवाल,समाजसेवी तथा मिसेस तामाङ सरिता तामाङ,मेकअप आर्टिष्ट जमुना पुन मगर,सौन्दर्यकर्मी तथा मिस एण्ड मिसेस व्युटिफुल नेपाल २०२१ की फस्ट रनर अप गीता उप्रेती, गायिका जुनु रिजाल, युवा उद्यमी कविता श्रेष्ठ, सौन्दर्यकर्मी कल्पना तिमल्सिना,सौन्दर्यकर्मी कुश्मा वलीलाई “राष्‍ट्रिय नारी सम्मान” प्रदान गरिएको थियो भने विशेष सम्मान फोटोग्राफर सुशिल खरेललाई प्रदान गरिएको थियो ।

वरिष्ठ गायिका तारा थापा,वरिष्ठ अभिनेत्री वसुन्धारा भुषाल,वरिष्ठ गायिका राधिका हमाल,चर्चित गायिका जुनु रिजाल लगायत ख्याती प्राप्त महिलाकर्मीहरुको उपस्थिती रहेको कार्यक्रममा गायिका जुनु रिजाल, गायिका राधिका हमाल लगायतले आकर्षक प्रस्तुती दिई कार्यक्रमलाई थप मनोरन्जनात्मक बनाउनुभएको थियो भने उपस्थीत महिला अतिथीहरुले नृत्य गरि मनोरन्जन लिएका थिए ।
यस वर्षदेखि नेपाली नारीको महान् पर्व तीजलाई उत्सवका रुपमा मनाउँदै उनीहरूले समाजमा पुर्‍याएको योगदानको कदर स्वरुप “राष्‍ट्रिय नारी सम्मान” गरिएको कार्यक्रम आयोजक तथा मेकअप आर्टिष्ट पाण्डेले बताउनुभयो । कार्यक्रममा विशेष अतिथी बसुन्धारा भुषाल, वरिष्ठ गायिका तारा थापा, मोडल तथा महिला उद्यमी अरुणा सुवेदी,समाजसेवी माया बिमली,मोडल शिला गजुरेल,मेकअप आर्टिष्ट अनिमेश गुरुङ लगायतलाई मायाको चिनो प्रदान गरिएको थियो ।

rastriya nari samman

लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको