
सहकारी ठगीलगायत विभिन्न आरोपमा पक्राउ पुर्जी जारी भएको ग्यालेक्सी फोके टेलिभिजनका मालिक गितेन्द्रबाबु (जीबी) राईका साझेदार कुमार रम्तेल पक्राउ परेका छन् ।
उच्च स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान महाशाखाले रम्तेललाई काठमाडौँबाट आज पक्राउ गरेको हो ।
राई ग्यालेक्सी फोर के टिभीका मालिक, सञ्चालक र रम्तेल त्यसैमा संलग्न व्यक्ती हुन । रम्तेलले सहकारीको कोषाध्यक्षमा ग्यालेक्सी टिभीकै संचालक हुँ भन्दै परिचय दिने गरेको उच्च स्रोतले बतायो ।
आइतबार जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारीका अध्यक्ष जीबी राईसहित ७ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएकामध्ये रम्तेल पक्राउ परेका हुन् । रम्तेल सहकारीका कोषाध्यक्ष हुन् ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट सुरुवात गरेको राई, रम्तेल र उनको समूहले सातवटा सहकारी सञ्चालन गरिरहेको छ । उनको समूहले सहकारीका बचतकर्ताको १६ अर्बभन्दा बढी रकम दुरुपयोग गर्दै नेटवर्किङ व्यवसाय चलाएको प्रहरीको भनाई छ ।
लामो समयको निगरानीपछि रम्तेललाई पक्राउ गरिएको अपराध अनुसन्धान महाशाखाको भनाई छ । स्रोतका अनुसार राईलगायत अन्य अन्य ६ जना पक्राउ परेका छैनन् । उनीहरुकाे खोजी भइरहेको महाशाखाकाे भनाई छ ।