Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

श्रीलंकालाई पराजित गर्दै भारत एसिया कपको फाइनलमा

Reporter

भारत एसिया कपको फाइनलमा पुगेको छ । सुपर फोर अन्तर्गतको खेलमा भारतले श्रीलंकालाई पराजित गर्दै एसिया कपको फाइनलमा पुगेको हो ।

मंगलबार श्रीलंकाको कोलम्बोस्थित आर प्रेमदासा स्टेडियममा सम्पन्न खेलमा भारतले श्रीलंकालाई ४१ रनले पराजित गरेको हो ।

भारतले दिएको २१४ रनको लक्ष्य पछाएको श्रीलंकाले ४१.३ ओभरमा अल आउट हुँदै १७२ रन मात्र बनाएको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४९.१ ओभरमा अल आउट हुँदै २१३ रन बनाएको थियो ।

सुपर फोरमा भारतले पाकिस्तान र श्रीलंकालाई पराजित गर्दै २ खेलमा ४ अंक हासिल गरेको छ र फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । अब भारतले सुपर फोरमा अन्तिम खेल बंगलादेशसँग खेल्ने छ ।

त्यस्तै सुपर फोरमा २-२ खेल खेलेर २-२ अंक हासिल गरेका श्रीलंका र पाकिस्तानबीचको विजेता फाइनलमा पुग्ने अर्को देश हुनेछ । बंगलादेश भने लगातार दुई खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिइसकेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको