Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

प्रभु साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता

Reporter

पूर्वमन्त्रीसमेत रहेका आम जनता पार्टीका अध्यक्ष प्रभु साहविरुद्ध गाली बेइज्जतीको मुद्दा दर्ता भएको छ ।

जिल्ला अदालत, गौरमा समाजवादी युवा संघ, रौतहटका इन्चार्ज सन्जीव कुमार यादवले साहविरुद्ध गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन् ।

उनले दर्ता गरेको मुद्दामा साहसहित सोही पार्टीका नेताहरू उपेन्द्र साह, अमर साह, चन्देस्वर साह र चन्द्रभुसन साहलार्इ विपक्षी बनाएका छन् ।

सांसद साहको निर्देशनमा आफुलाइ घेरा हाली हातपात गर्नुको साथै गाली बेइज्जत गरी आफ्नो मानमर्यादा र प्रतिष्ठामा आँच पुर्याउने काम गरेको उनको अभियोगमा उल्लेख छ ।

जनता समाजबादी पार्टी नेपाल रौतहटको जिल्ला कार्यकारिणी समिती सदस्यसमेत रहेका यादवको मुद्दामा चाँडै सुनवाई हुने अदालतले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको