Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

सङ्घीय सरकारविरुद्ध बाग्मती प्रदेश सरकार सर्वाेच्च अदालत जाने

Reporter

बाग्मती प्रदेश सरकारले सङ्घीय सरकारविरुद्ध सर्वाेच्च अदालत जाने निर्णय गरेको छ । आज बुधवार बसेकाे प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकारको तर्फबाट श्रम, रोजगार तथा यातायात मन्त्रालयले रिट निवेदन दर्ता गर्ने निर्णय गरेको हो ।

सङ्घीय संसदबाट पारित सहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण ऐन २०७९ ले प्रदेशको अधिकार सङ्कुचित गर्ने प्रदेश सरकारको निष्कर्ष छ । संविधानसँग बाझिएको ऐन बदर गर्ने माग दाबीसहित सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिट निवेदन दर्ता गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

यसैगरी बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्य पदमा दोलखाका प्रदीपकुमार मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको अध्यक्षतामा बसेको बैठकले मैनालीलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता श्रेष्ठले बताउनुभयाे ।

बैठकले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको श्रेष्ठले बताउनुभयाे । यसैगरी प्रदेश सरकारले ११ औँ तहमा बढुवा भएका पूर्णबहादुर दर्जीलाई प्रदेशसभा सचिवको रूपमा सरुवा गर्ने निर्णय गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको