Logo
15 Feb 2026    ३ फाल्गुन २०८२, आईतवार

ताजा खबर

ग्यास आयात बढ्दासमेत बजारमा अभाव किन? भण्डारण अभाव र हल्लाले चुलियो संकट आज २६३औं सेना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाइँदै टी–२० विश्वकपमा आज नेपाल र वेस्ट इन्डिज भिड्दै, जितको दबाबमा नेपाल आज महाशिवरात्री : पशुपतिनाथमा दर्शनार्थीसहित साधुसन्तहरूको घुइँचो शनिबार कुन विदेशी मुद्राको विनिमयदर कति? ललितपुरको कोन्ज्योसोममा मिनी ट्रक दुर्घटनामा परी ४ जनाको मृत्यु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते नेपाल आउने

admin

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मंसिर २६ गते नेपाल आउने भएका छन्। विवाह पञ्चमीको अवसर पारेर जनकपुर आउन लागेका मोदी प्रधानमन्त्री भएपछिको पाँचौ नेपाल भ्रमण हुनेछ।

उनी यसपटक धार्मिकसँगै रेलमार्ग र विराटनगरको एकीकृत जाँच विन्दु९आइसिपी०को उद्घाटन गर्न नेपाल आउन लागेका हुन्। यी दुबै परियोजनाको प्रधानमन्त्री केपीशर्मा ओली र मोदीले संयुक्त रुपमा उद्घाटन गर्नेछन्। मोदी नेपाल आउने निश्चत भएको भारतीय संचारमाध्यमले जनाएका छन्।
उनी प्रधानमन्त्री भएपछि पहिलो पटक २०७१ वैशाखमा नेपाल भ्रमणमा आएका थिए।

त्यसपछि सोही वर्षको सार्कको १८औं शिखर सम्मेलनमा भाग लिन नेपाल आएका थिए। २०७६ सालको वैशाख २८ गते उनी जनकपुरहुँदै नेपाल आए। त्यसपछि विमस्टेक सम्मेलनमा भाग लिन भदौं १४ गते मोदी नेपाल आएका थिए।विराटनगर महानगरपालिका वडा नं १८ भेडियारी र त्यसको समानान्तर भारतीय भूमिमा बनेको एकीकृत जाँच विन्दु (इसिपी)को उद्घाटन मंसिर २६ गते हुने भएको छ । ओली र मोदीले ३८ किलोमिटर लामो जनकपुर–जयनगर रेल खण्डको पनि उद्घाटन गर्ने कार्यक्रम छ ।

कार्यक्रमअनुसार जनकपुर–जयनगर रेल खण्डको उद्घाटन गरेपछि आइसिपीको उद्घाटन गर्ने कार्यक्रम छ। यसपछि आइसिपी खण्डमा पनि रेल सञ्चालन गरिने छ । पूर्वको व्यावसायिक समृद्धिका लागि ड्रिम प्रोजेक्ट मानिएको विराटनगर र सीमावर्ती भारतको गरी दुबै स्थानका आइसिपी भारु ३७३ करोडको लागतमा तयार भएको निर्माण कम्पनीले जनाएको छ । आइसिपी निर्माणका लागि नेपाल सरकारले उपलब्ध गराएको १ सय २९ बिघा जमिनमा भारत सरकारले भौतिक संरचनाको निर्माण गरिदिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको