Logo
23 Jul 2024    ८ श्रावण २०८१, मंगलवार

ताजा खबर

विद्यार्थी छात्रवृत्ति परीक्षामा ८ हजार १९७ जना उत्तीर्ण कांग्रेस सांसद सुनिल शर्माविरुद्ध नक्कली प्रमाणपत्रमा मुद्दा नचल्ने प्रतिनिधिसभा बैठक बस्दै ‘नालापानी’को नया ट्रेलर सार्वजनिक,श्रावण २५ बाट देशभर प्रदर्शन हुँदै रामदत्त जोशी एआइजीपीमा बढुवा सिफारिस दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

राप्रपाको विरोध आमसभामा राष्ट्रिय युवा मोर्चा

Reporter

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार काठमाडौंमा प्रर्दशन गरिरहेको छ । हिन्दू राष्ट्र, राजसंस्था पुनस्थापना, भ्रष्टाचार, संघीयता खारेजी र गौहत्या विरोध गर्दै भृकुटीमण्डपमा प्रदर्शन गरिएको हो । राप्रपाद्वारा आयोजित जनप्रदर्शन तथा विरोध सभालाई अध्यक्ष राजेन्द्र लिङदेनलाई शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् । राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले गौहत्या गर्नेमाथि कारबाही नभएसम्म देशभर आन्दोलन नरोक्ने उद्घोष गरे । र्‍यालीमा राष्ट्रिय युवा मोर्चाले समेत सहभागिता जनाएको छ ।

राष्ट्रिय युवा मोर्चा(राप्रपा) का उपाध्यक्ष दिक्पाल जंग थापाले र्‍यालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘गौ हत्यारालाई गृहमन्त्रीले कारबाही नगरेसम्म देशभर आन्दोलन हुन्छ, गौ काण्डका मुख्य दोषी पक्राउ गर्नुपर्छ । गाई हाम्री राष्ट्रिय जनावर हो देशमा धर्म द्दोन्द्द सृजना गर्ने मुख्य नाइकेहरूले उन्मुक्ति पाइरहेका छन् । साथसाथै विभिन्न भ्रष्टाचारको काण्ड छन् । त्यो अन्त्य नभएसम्म रोकिँदैन ।’


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको