Logo
15 May 2025    २ जेष्ठ २०८२, बिहीबार

ताजा खबर

पाथीभरामा केबलकार निर्माणको बाटो खुल्यो क्यानको सम्झौतामा समावेश नहुने सन्दीपको घोषणा रवीन्द्र मिश्रलाई उपस्थित गराउन सर्वोच्चको आदेश हिउँदे वा वर्षे बिदामा पनि पढाउन शिक्षा मन्त्रालयको अनुरोध मन्त्रिपरिषद् बैठक बस्दै प्रधानमन्त्रीद्वारा बनेपामा फिल्म स्टुडियो निर्माणको घोषणा

तीन वर्षदेखि बन्द रहेको होटल एभरेष्ट पुनः सञ्चालनमा आउने

admin

विगत तीन वर्षदेखि बन्द रहेको नयाँ बानेश्वरको  होटल एभरेष्ट पुनः सञ्चालनमा आउने भएको छ । होटलको लगानीका विषयमा भएको विवाद उत्कर्षमा पुगेका कारण यो होटल ०७२ सालको भूकम्पपछि पूर्ण रुपमा बन्द भएको थियो ।

वैशाख १२ गते गएको भूकम्पबाट होटलमा सामान्य रुपमा क्षति पुगेको थियो । वैशाख १२ को भूकम्पपछि पनि भीआईपी पाहुनाहरु होटल एभरेष्टमै बसेका थिए । तर, पुनः वैशाख २९ गते गएको पराकम्पपछि होटलमा बस्न नमिल्ने भन्दै रातो स्टीकर टाँसियो ।

होटल बन्द हुनासाथ सैयौं मजदुरहरुले रोजगारी गुमेको भन्दै आन्दोलन गरेका थिए । सेयर विवादका कारण बन्द गर्ने मनस्थितिमा पुगेका होटल सञ्चालकले नै भूकम्पपछि आएको अनुगमन टोलीलाई रातो स्टिकर टाँस्न लगाएको आरोप मजदुरहरुले लगाएको थिए ।

रातो स्टीकर टाँसिएको करिब तीन वर्षपछि पुनःनिर्माण शुरु गरिएको छ । स्रोतका अनुसार ६ महिनामा पुनःनिर्माण सम्पन्न गर्ने गरी होटल व्यवस्थापनले आरएस निर्माण सेवालाई ठेक्का दिएको छ ।

तोकिएको मितिमा नै निर्माण सम्पन्न भए आगामी नयाँ वर्ष  २०७६ साल देखि एभरेष्ट होटल पुनः सञ्चालनमा आउनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको