Logo
17 Jan 2026    ४ माघ २०८२, शनिबार

ताजा खबर

कांग्रेसको निर्णय- चुनावी गठबन्धन नगर्ने‚ पार्टी एकता कायम राख्ने शनिबार शनिदेव प्रसन्न पार्ने उपाय : कर्म, अनुशासन र दानले खुल्नेछ सौभाग्यको ढोका देउवा पक्षको केन्द्रीय समितिको बैठक बस्दै २७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता आयोगको निर्णयविरुद्ध सबै लडाइँ लड्ने पूर्णबहादुर खड्काको चेतावनी कोरियोग्राफर सन्दीप भुजेल ‘राष्ट्रिय नृत्य कोरियोग्राफी सम्मान’बाट सम्मानित

तीन वर्षदेखि बन्द रहेको होटल एभरेष्ट पुनः सञ्चालनमा आउने

admin

विगत तीन वर्षदेखि बन्द रहेको नयाँ बानेश्वरको  होटल एभरेष्ट पुनः सञ्चालनमा आउने भएको छ । होटलको लगानीका विषयमा भएको विवाद उत्कर्षमा पुगेका कारण यो होटल ०७२ सालको भूकम्पपछि पूर्ण रुपमा बन्द भएको थियो ।

वैशाख १२ गते गएको भूकम्पबाट होटलमा सामान्य रुपमा क्षति पुगेको थियो । वैशाख १२ को भूकम्पपछि पनि भीआईपी पाहुनाहरु होटल एभरेष्टमै बसेका थिए । तर, पुनः वैशाख २९ गते गएको पराकम्पपछि होटलमा बस्न नमिल्ने भन्दै रातो स्टीकर टाँसियो ।

होटल बन्द हुनासाथ सैयौं मजदुरहरुले रोजगारी गुमेको भन्दै आन्दोलन गरेका थिए । सेयर विवादका कारण बन्द गर्ने मनस्थितिमा पुगेका होटल सञ्चालकले नै भूकम्पपछि आएको अनुगमन टोलीलाई रातो स्टिकर टाँस्न लगाएको आरोप मजदुरहरुले लगाएको थिए ।

रातो स्टीकर टाँसिएको करिब तीन वर्षपछि पुनःनिर्माण शुरु गरिएको छ । स्रोतका अनुसार ६ महिनामा पुनःनिर्माण सम्पन्न गर्ने गरी होटल व्यवस्थापनले आरएस निर्माण सेवालाई ठेक्का दिएको छ ।

तोकिएको मितिमा नै निर्माण सम्पन्न भए आगामी नयाँ वर्ष  २०७६ साल देखि एभरेष्ट होटल पुनः सञ्चालनमा आउनेछ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको