Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

डा भक्तमान श्रेष्ठको अपहरणमा संलग्न तामाङ १३ वर्षपछि पक्राउ दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

आइतबार देशभरका आकस्मिक बाहेक सबै स्वास्थ्य सेवा बन्द : चिकित्सक संघ

Reporter

नेपाल चिकित्सक संघले आन्दोलनको घोषणा गरेको छ ।

गत भदौ २७ हेटौँडास्थित सन्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई सरकारले कानुनी दायरामा नल्याएको भन्दै संघले आज एक विज्ञप्ति जारी गरी आन्दोलनको घोषणा गरेको हो ।

आन्दोलनका कार्यक्रममा भदौ ३१ गते आइतबार देशभरका सम्पूर्ण सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल  कलेज, निजी अस्पाल तथा क्लिनिकहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरू पूर्ण रूपमा बन्द गर्ने संघले विज्ञप्तिमा जनाएको छ । संघले अस्पतालमा कार्यरत डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि भएको आक्रमणका दोषीलाई कानुनी दायरामा ल्याउन भन्दै संघले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो ।

संघले घटनामा संलग्न सम्पूर्ण दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा समेत जोड दिएको छ ।

देशभरका स्वास्थ्य संस्थाहरूमा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था अविलम्ब मिलाउन समेत जारी विज्ञप्तिमा माग गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको