
प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्नुभएको छ । आगामी मंगलबार सुरु हुने संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागी हुन प्रधानमन्त्री दाहाल त्यसतर्फ जानुभएको हो । प्रधानमन्त्री दाहालसँगै स्वकीय सचिव गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल सहित उच्च अधिकारीले नेपालका तर्फबाट राष्ट्रसंघको महासभामा सहभागिता जनाउने छन् ।
राष्ट्रसंघको कार्यक्रम सकेर प्रधानमन्त्री दाहाल उतैबाट चीन जाने कार्यक्रम छ । राष्ट्रसंघीय महासभामा यो वर्ष विश्व शान्ति, एवम् दिगो विकासका विषयमा विभिन्न सत्रमा छलफल हुदैछ । राष्ट्रसंघीय सभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री दाहालले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साईडलाईन बैठकमा सहभागिता जनाउने तय भएको छ । अमेरिकामा रहँदा प्रधानमन्त्री दाहालले दिगो विकास र जलवायु सम्मेलनमा सहभागीता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।