Logo
24 Sep 2023    ७ आश्विन २०८०, आईतवार

ताजा खबर

सन्दीपविरुद्धको मुद्दाको फैसला पेसी आज पनि स्थगित संसदीय समितिको बैठक बस्दै राहत शिक्षकहरूको आन्दोलन आज पनि जारी रहने सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै पाँच प्रदेशमा भारी वर्षाको सम्भावना प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

एसिया कप उपाधीका लागि भारत र श्रीलंका भिड्ँदै

Reporter

एसिया कप क्रिक्रेटको आज फाइनल खेल हुँदैछ । फाइनलमा भारत र श्रीलंका प्रतिस्पर्धा गदैछन् । भारत र श्रीलंकाबीच एसिया कपमा फाइनलमा १३ वर्ष पछि भेट भएको हो ।

भारत र श्रीलंकाका टीमका बीचमा एकदिवसिय खेलमा १६६ पटक आमने सामने भेट भईसकेको छ । जसमा भारत हावी हुँदैं आईरहेको छ । भारतले त्यसमध्ये अहिलेसम्म ९७ खेल जितेको छ भने श्रीलंकाले ५७ पटक मात्र जितेको छ ।

११ पटकको नतिजा आएको थिएन । एउटा खेल भने बराबरी भएको थियो । श्रीलंकाको कोलम्बोको केआर प्रमदासा खेल मैदानमा खेल हुँदैछ ।

भरत सुपर ४ मा पहिलो स्थानमा र श्रीलंका दोस्रो स्थानमा रहेर फाइनलमा पुगेका हुन् । बंगलादेश तेस्रो र पाकिस्तान चौथो स्थानमा रहेका थिए ।

भारत यो खेल जितेर आठौं पटक एसिया कप जितेर च्याम्पियन हुन चाहिरहेको छ । उसले पछिल्लो पटक २०१८ मा रोहित शर्माको कप्तानीमा खेलेको खेल जितेर च्याम्पियन बनेको थियो । श्रीलंका पनि यो खेल जितेर चौथो पटक एसिया कप उचाल्न आतुर देखिएको छ ।

भारत र श्रीलंकाको एसिया कप फाइनलमा १३ सालपछि प्रतिस्पर्धा हुन लागेको हो । दुई टिमका बीचमा एसिया कप फाइनलमा पछिल्लो पटक सन् २०१० मा प्रतिस्पर्धा भएको थियो । उक्त खेलमा भारतले जितेको थियो । भारतका कप्तान महेन्द्रसिंह धोनीको कप्तानीमा खेलेको उक्त खेलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गरेको थियो ।

भारत र श्रीलंकाका बीचमा फाइनलमै भने यो नवौं पटकको भेट हो । जसमध्ये ५ पटक भारतले खेल जितेको थियो । तीन पटक श्रीलंकाले जीत निकालेको छ ।

ऋाजको खेल कसले जित्छ दुवै देशका लागि मात्र होइन, क्रिक्रेट प्रेमीका लागि पनि निक्कै चासो छ ।


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको