Logo
20 Mar 2025    ६ चैत्र २०८१, बिहीबार

ताजा खबर

मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक सीडीओसहित १३ जनाको सरुवा र पदस्थापन कांग्रेस प्रमुख सचेतक घिमिरेले संसद बैठकमा मागे माफी दुवै सदनको बैठक बस्दै आजदेखि शुक्र अस्त, के गर्नुहुन्छ ? के गर्नु हुँदैन ? परराष्ट्रमन्त्री र युक्रेनी विदेशमन्त्रीबीच दिल्लीमा भेटवार्ता, ७ नेपालीलाई रिहा गरिदिन आग्रह

बुटवलमा ‘प्याजेन्ट नेपाल फेशन शो’ हुदै, राष्ट्रियस्तरका कलाकारको प्रस्तुती रहने

admin

देश विदेशमा सफल ईभेन्ट, फेशन शो लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले बुटवलमा फेशन शो गर्ने भएको छ ।
नेपालका चर्चित फेशन डिजाईनरहरुले तयार पार्ने उत्कृष्ट डिजाईनमा तयार पारिएका पहिरनलाई राष्ट्र अन्तराष्ट्रिय क्षेत्रमा प्रवद्र्धन गर्ने उद्देश्यले उपत्यका बाहिर बुटवलमा प्याजेन्ट नेपाल बुटवल फेशन शो आयोजना हुन लागेको हो । मंसिर ७ गते बुटवल स्थित एशियन भिलेज रिसोर्टको भव्य हलमा हुन लागेको उक्त शो का निमित्त मोडलहरुको छनौटका लागि कार्तिक २५ गते आईतवारका दिन बुटवलको ट्राफिकचोकस्थित क्लिक ईन्टरनेशल एजुकेशनको कार्यालयमा मोडल अडिसन हुने आयोजक तथा प्याजेन्ट नेपालको सिईओ एवं चर्चित फेशन डिजाईनर ममथा बस्नेतले जानकारी दिईन । उक्त फेशन शो का लागी उत्कृष्ट पुरुष तथा महिला मोडलहरुको छनौटका लागि लोकप्रिय सेलिब्रेटी, फेशन डिजाईनर तथा कोरियोग्राफरहरुको निर्णायक मण्डलको सहभागिता रहनेछ ।
छनौट भएका मोडलहरुलाई तालिम, फोटोग्राफी, ड्रेस,मिडिया प्रमोसन उपलव्ध गराईने आयोजक बस्नेतले बताइन । चर्चित कोरियोग्राफरको कोरियोग्राफीमा तालिम समेत हुने उक्त शो मा गायक सपन श्रेष्ठ, गायक ध्रुब विस्को गायिका सावित्री जोशी, गायिका ईन्दिरा भट्राई, नायिका पूर्णिमा लामा, मोडल नितु कोईराला, नायक श्रीदेव भट्राई, मोडल नन्दा बस्याल लगायत नेपालका चर्चित लोकप्रिय कलाकारहरु आफ्नो प्रस्तूती समेत दिनेछन ।
३ वटा सिक्वेन्स रहने शो मा राजधानीबाट शो को लागी सहभागीता जनाउन करीव डेढ दर्जन भन्दा बढी कलाकार तथा मोडलहरुले र्याम्प शो एवं आकर्षक प्रस्तुती दिनेछन ।

थुप्रै व्युटी पेजेन्ट तथा फेशन शो मा ड्रेस डिजाईन एवं आकर्षक पहिरनहरु उपलव्ध गराउदै आएको पेजेन्ट नेपालले आयोजना गर्न लागेको यस किसिमको फेशन शोले बुटवलमा रहेर मोडलिङ्ग क्षेत्रमा सक्रिय मोडलहरुको लागी एक अवसर हुने विश्वास आयोजकको रहेको छ ।

 


लोकप्रिय समाचार
ताजा समाचार
धेरै पढिएको